Logo

नेपाल टेलिकमले गर्याे मिर्मिमा टेलिफोन क्षमता विस्तार, आवस्यक परे अझै विस्तार गरिने

नेपाल टेलिकमले गर्याे मिर्मिमा टेलिफोन क्षमता विस्तार, आवस्यक परे अझै विस्तार गरिने



काठमाडौं । नेपाल टेलिकमले स्याङ्जाको मिर्मिमा आफ्नो पिएसटिएन टेलिफोन लाईन तथा एडिएसएल वितरणको क्षमतामा विस्तार गरेको छ ।
विस्तार पश्चात अब पिएसटिएन तथा एडिएसएल सेवाका नयाँ उपभोक्ताहरुले सहजै सेवा प्राप्त गर्ने भएका छन् ।

नेपाल टेलिकम दूरसंचार गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायका अनुसार ‘मिर्मिका उपभोक्ताहरुले नयाँ लाइन नपाएका कारण एडिएसएल समेत चलाउन नपाएको अत्याधिक गुनासो गरेपछि उपभोक्ताको माग सम्बोधनस्वरुप हाललाई यस अघि वितरित लाइन भन्दा ४८ लाइनको क्षमता मात्रै विस्तार गरिएको हो ।तथापी आगामी दिनमा माग बढ्दै गए पुनः क्षमता विस्तार गर्दै लगिनेछ’ उनले भने ।

समयमा नयाँ लाइन नपाएका कारण विगत दुई महिनादेखि लाईनको पर्खाइमा रहेको प्राइम कमर्शियल बैंक मिर्मि शाखाले अब आफुलाई आवश्यक लाइन तुरुन्त पाइने भएकोमा खुसि व्यक्त गरेको छ ।

नेपाल टेलिकमद्वारा वितरित पिएसटिएन फिक्ड लाइन भरपर्दो टेलिफोनका रुपमा लिइन्छ भने सोमार्पmत फाइभ एमबिपिएस स्पिड क्षमता भएको हाईस्पिड ब्रोडव्याण्ड एडिएसएल इन्टरनेट समेत सहजै चलाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL