Logo

टेलिकमलाई जानकारी नदिँदा १ हजार २ सय टेलिफोन अवरुद्ध, सेवा संचालन गर्ने प्रयास

टेलिकमलाई जानकारी नदिँदा १ हजार २ सय टेलिफोन अवरुद्ध, सेवा संचालन गर्ने प्रयास


रासस
0
Shares

काठमाडौं । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

बिर्तामोड नगरपालिकाले मुक्तिचोक उत्तरको दुबै तर्फको नाला सफा गर्ने क्रममा टेलिफोनको प्राइमरी केवल चुँडिएपछि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बिर्तामोडका वरिष्ठ इञ्जिनियर सुधिरकुमार शर्माले बताएका छन ।

उनका अनुसार ३ ठाउँमा प्राइमरी केवल चुँडिदा १ हजार २ सय सय ल्याण्डलाइन टेलिफोन अवरुद्ध भएको हो । ‘प्राइमरी वायर काटिँदा टेलिफोन सेवा अवरुद्ध भएको छ’, उनले भने, ‘मर्मतको काम भइरहेको छ, चाँडै सेवा सुचारु गर्न प्रयास गरिरहेका छौँ ।’

टेलिफोनको तार ‘अण्डरग्राउण्ड’ गरिएको र नगरपालिकाले नाला सफा गर्ने कामको जानकारी नगराएकाले केबल चुँडिएको टेलिकम बिर्तामोडका कार्यालय प्रमुख निरन जोशीले बताए ।

यता, बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनले नालामुनी टेलिफोनको तार रहेको कुरा जानकारी नभएकाले तार चुँडिएको बताएका छन । ‘तार छ भन्ने थाहा भएन, नगरपालिकामा जानकारी गराएका छौँ’, उनले भने ।

यसअघि पनि बिर्तामोड– ५ को बजार क्षेत्रको फुटपाथ खाली गर्ने क्रममा नगरपालिकाले सरोकारावाला कसैलाई खबर गरेको थिएन । जसका कारण खानेपानीको पाइपलाइन ठाउँ–ठाउँमा फुटे पनि लामो समयसम्म मर्मत भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
MBL