Logo

ओयो र इसेवाबीच सहकार्य, उचित मूल्यमा स्तरिय होटल बुकिङ गर्न सकिने

ओयो र इसेवाबीच सहकार्य, उचित मूल्यमा स्तरिय होटल बुकिङ गर्न सकिने



काठमाडौं । उचित मूल्यमा स्तरिय होटल सेवा प्रदान गर्दै आएको ओयोले इसेवासंग सहकार्य गरेको छ । ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको हो ।

उक्त सहकार्यसंगै इसेवाका ग्राहकले आफ्नो मोबाईलबाट सहजै स्तरिय होटलको बुकिङ गर्न सक्ने भएका छन । आइतबार एक कार्यक्रमका बीच इसेवाका पे्रसिडेन्ट अस्गर अली र ओयोका भाइस प्रेसिडेण्ट प्रसुन चौधरीबीच हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापत्रमा हस्ताक्षर पश्चात इसेवाका प्रेसिडेण्ट अलीले ओयो र इसेवाको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्ने जानकारी दिएका । उनले भने,े ‘सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिसकेको अवस्थामा नेपाल आउने पर्यटकलाई यो सहकार्यले निकै सहयोग पुग्ने विश्वास लिएका छौँ’ ।

ओयो मार्फत हाल काठमाडाँै र पोखराका ३५ ओटाभन्दा बढि होटलका ६ सयवटा रूम इसेवामार्फत् बुकिङ गर्न सकिन्छ । ओयोले ६ महिनाभित्रै १ सय ५० होटलका ३ हजार भन्दा बढि कोठा आफ्नो नेटवर्कमा ल्याउने लक्ष्य राखेको कम्पनीले जानकारी दिएको छ ।

ओयो र इसेवाको संयुक्त कारोबार सञ्चालन गरेको पहिलो चरणमा काठमाडौंका होटेलहरुमा ७ प्रतिशत र पोखराका होटेलहरुमा १५ प्रतिशत “क्यास व्याक” को सुविधा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL