Logo

चिनियाँ कम्पनी जेटीईले तिर्याे १ अर्ब डलर जरिवाना, थप ४० करोड डलर भुक्तान गर्दै

चिनियाँ कम्पनी जेटीईले तिर्याे १ अर्ब डलर जरिवाना, थप ४० करोड डलर भुक्तान गर्दै



काठमाडौं । चिनियाँ स्मार्टफोन र टेलिकम सामग्री उत्पादक कम्पनी जेटीईले अमेरिकालाई १ अर्ब अमेरिकी डलर जरिवाना तिरेको छ । सुरक्षा सम्बन्धी सम्झौता तोडेको आरोपमा अमेरिकाले जेटीइलाई २ महिना अघिमात्र प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

सो आरोपका कारण जेटीईले भने कम्पनीका उच्च तहका सबै कर्मचारी हटाउने र अमेरिकालाई ठुलो मात्रामा जरिवाना तिर्ने सम्झौता भएपछि प्रतिबन्धबाट बच्दै जरिवाना तिरेको हो । डोनाल्ड ट्रम्प प्रशासनले कम्पनीलाई अमेरिकन निगरानी टीमको जरिवाना तिराउने सजाय पर्याप्त भएको जानकारी दिएका छन ।

यसका साथै आउने दिनमा कम्पनीले थप ४० करोड डलर अमेरिकाको एस्क्रो खातामा जम्मा गर्नेछ जुन उसलाई व्यापारिक नियम अनुपालकमा सहजता ल्याउनलाई हो । उक्त कम्पनीको लागि ह्वाइट हाउस र अमेरिकी कंग्रेस विपक्षी रहेका छन ।

केही सांसदहरु भने जेटीईमाथि कठोर सजाय लगाउनुपर्ने बताउँछन । तर ट्रम्प प्रशासन भने चीनसँगको व्यापार बढाउन कम्पनीलाई जिवितै राख्न चाहन्छ ।

यसै हप्ता ट्रम्प प्रशासनले केही सांसदहरुसँगको छलफलमा आफ्ना अमेरिकन आपुर्तिकर्ताहरुका सामान कम्पनीलाई पठाउने विषयमा छलफल गरेको थियो । जसले कम्पनी नै पुर्ण रुपमा बन्दहुनबाट बचाउने जनाइएको छ ।

कम्पनीमा हाल करिब ७५ हजार जना कर्मचारी छन । उक्त सजायपश्चात जेटीईले अमेरिकन कम्पनीसँग खरिद गर्ने विभिन्न उपकरण तथा सामानमा प्रतिबन्ध लाग्ने देखिएको थियो । कम्पनीले अमेरिकाको क्वालकम, इन्टेल लगायतका कम्पनीबाट चिप लगायत सामानहरु खरिद गर्दै आएको छ । चिनियाँ कम्पनी जेडटीईले नेपालका टेलिकम कम्पनीहरुलाई पनि टेलीकम सम्बन्धी विभिन्न सामानहरु बिक्री गर्ने गर्दछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL