Logo

ओप्पो र फुटबलर नेयमार बीच सम्झौता, विश्वकपभर प्रचार गर्ने

ओप्पो र फुटबलर नेयमार बीच सम्झौता, विश्वकपभर प्रचार गर्ने



काठमाडौं । मोबाइल ब्रान्ड ओप्पोले  ब्राजिलियन फूटबलर नेयमारसंग ओप्पो  फ्रेण्डका रुपमा सहकार्यको घोषणा गरेको छ ।

उक्त सहकार्यसंगै विश्वकप अवधिभर नेयमारलाई ओप्पो  मोबाइल्सको प्रमोशन गरिरहेको देख्न सकिने भएको हो ।

कम्पनीले यस अघिपनि एफसी बार्सिलोना एडिशनको प्रबद्र्धनका लागि नेयमारसंग सहकार्य गरेको थियो । नेपालमा आर्टिफिसियल ईन्टेलिजेन्स २.० लाई सेल्फी फिचरका रुपमा भित्र्याउने ओप्पो  नै पहिलो स्मार्टफोन ब्राण्ड हो ।

यो प्रविधिले वैश्विक डाटाबेस मार्फट २ सय ९६ फेसियल टच प्वाइन्ट्सको माध्यमबाट अनुहारको आकार तथा विशेषताको पहिचान गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL