Logo

सामसुङको ‘ए एक्स ३ हजार प्युरीफाएर’ सार्वजनिक, बजार मूल्य २२,४९०

सामसुङको ‘ए एक्स ३ हजार प्युरीफाएर’ सार्वजनिक, बजार मूल्य २२,४९०



काठमाडौं । मोबाइल निर्माता कम्पनी सामसुङ ब्राण्डले ‘ए एक्स ३ हजार प्युरीफाएर’ नेपाली बजारमा ल्याएको छ ।

प्युरीफाएरमा भएको २ दशमलब ५ फिल्टरले गर्दा हावामा भएको कीटाणुलाई सजिलै हटाउने काम गर्नुका साथै कोठालाई स्वच्छ बनाउने काम गर्दछ ।

नेपाली बजारमा ‘ए एक्स ३ हजार प्युरीफाएर’ को बजार मूल्य २२ हजार ४ सय ९० रुपैंयाँ रहेको छ ।

३ सय २७ मिटर क्युव प्रति घण्टाको दरमा ३९ स्क्वायर मिटरको कोठामा हावा स्वच्छ पार्न सक्ने क्षमता रहेको छ ।

यसमा भएको ट्रिपल प्रिमियम फिल्टरले ९९ प्रतिशसम्म प्रदुषण कम गर्ने गर्दछ । साथै यसमा आउट अद्वितीय फिल्टरहरु जस्तैः प्री फिल्टर, डियोडराइजेशन फिल्टर र फिएम २ दशमलब ५ फिल्टर रहको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL