Logo

टेलिकमले ल्यायो नयाँ एप, यस्ता छन् विशेषताहरु

टेलिकमले ल्यायो नयाँ एप, यस्ता छन् विशेषताहरु



काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई परिमार्जन गरेको छ । टेलिकमले आफ्नो जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको वारेमा जानकारी दिनेगरी नयाँ परिमार्जन गरिएको एप संचालनमा ल्याएको हो ।

एपमा लगइन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा टेलिकमको प्याकेज खरिद गरेको भए सो वारे जानकारी प्राप्त गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।

पछिल्लो समय विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरिद गर्नका लागि यो एप उपयुक्त हुने टेलिकमले जानकारी दिएको हो ।

त्यसतै एफएनएफ सर्भिसबाट टेलिकमका आफूले चाहेका ५ वटा नम्बरमा सस्तो दरमा कल गर्न आवश्यक रकम रिचार्ज गर्न र जीएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्न समेत सहज एप उपयुक्त हुने टेलिकमले जानकारी दिएको छ ।

पिन कोड राखेर वा रिचार्ज कार्ड स्क्यान गरेर रिचार्ज गर्न, आफ्नो मोबाइलबाट टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेज तथा गिफ्ट दिन तथा रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि एपमार्फतनै गर्न सकिन्छ ।

गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरे पछि यो एप चलाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL