Logo

क्यान महासंघको छात्रबृति प्राविधि र शिक्षामा, १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्ने

क्यान महासंघको छात्रबृति प्राविधि र शिक्षामा, १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्ने



काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्दै आईरहेको कम्प्युटर एशोशिएसन नेपाल महासंघले, प्राविधि शिक्षा तर्फ यस बर्ष देखि छात्रबृतिको शुरुवात गरेको छ ।

महासंघले देशभित्र रहेका सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रबृद्धि प्रदान गर्न लागिएको हो ।

काठमाण्डौंको मैतीदेविमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसन सँगको सहकार्यमा यस बर्ष ४९ जना विद्यार्थीहरुलाई छात्रबृद्धि प्रदानगर्न लागिएको महासंघले जानकारी दिएको छ ।

‘नेसनल आईसीटी स्कलरसिप २०७५’ प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रबृति र बांकी ४२ जनालाई आंसिक छात्रबृति प्रदान गरीनेछ । ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा सुचनाको पहुँच पुर्याउन छात्रबृद्धिले सहयोग पुग्ने महासंघले विश्वास लिएको छ ।

छात्रवृत्ति प्रदान गर्न सोमबार क्यान महासंघका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्धएजुकेशन फाउण्डसनका तर्फबाट फाउन्डेसनका अध्यक्ष पंकज जलानले एक कार्यक्रमको आयोजना गरी हस्ताक्षर गरेको छ ।

फिमेल मेरिट आईसीटी स्कलरसिप प्रत्येक प्रदेशबाट ४ जनाका दरले २८ जना छात्रालाई प्रदानगरिनेछ । आईसीटी मेरिट स्कलरसिप प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई दिर्ईने छ ।

सम्झौता अनुसार ४९ जना विद्यार्थीले १ करोड ८३ लाख ३६ हजार ५ सय रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रबृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको एफिलेसनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्र्तगत विएससी आईटी को अध्ययन गर्न पाउने छन ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंक सहित प्लस टु अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्र वृत्तिका लागि आवेदन दिन सक्ने महासंघले जानकारी दिएको छ ।

साथै छात्रबृतिका लागि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्ने छन ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले जिल्ला, प्रदेश र केन्द्रिय स्तरको छात्रबृति छनौट समिति गठन गर्ने छ । छनौट समितिले कक्षा १० र कक्षा १२ को प्राप्त अंक, स्थायी बसोबास, आर्थिक अवस्था र स्थानीय सरकारको सिफारिसका आधारमा छनौट गर्नेछ ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट बाट २०१८ जुलाई २५ तारिक भित्र आवेदन दिनुपर्ने महासंघले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL