Logo

टेलिकमले जोड्यो ६७५ भुकम्प प्रभावित क्षेत्रमा निशुल्क इन्टरनेट, १० प्रतिशत स्थानमा जोड्न बाँकी

टेलिकमले जोड्यो ६७५ भुकम्प प्रभावित क्षेत्रमा निशुल्क इन्टरनेट, १० प्रतिशत स्थानमा जोड्न बाँकी



काठमाडौं । नेपाल टेलिकमले हालसम्म ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले हालसम्म भुकम्पबाट प्रभावित सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट र रसुवा गरि ४ जिल्लाका ६ सय ७५ स्थानमा निशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १ सय ८७, काभ्रेपलाञ्चोक जिल्लाका २ सय ८९, नुवाकोट जिल्लाका १ सय ५९ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याइसकेको छ ।

कम्पनीले भूकम्पबाट अति प्रभावित चार जिल्लाका जम्मा ७ सय ४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराउने लक्ष्य लिएको थियो । हालसम्म उक्त कामको ९० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको जानकारी कम्पनीले दिएको छ । यसका साथै आगामी असार मसान्त सम्ममा बाँकी सम्पूर्ण स्थानमा सेवा उपलब्ध गराउने लक्ष्य अनुरुप दु्रत गतिमा काम भइरहेको कम्पनिले जानकारी दिएको छ ।

कम्पनीले हालसम्म २ सय ८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १ सय ४७ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २ सय ४४ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरेको छ ।

कम्पनीले हाल उल्लेखित जिल्लाका विभिन्न स्वास्थ्यचौकी, वडा कार्यलय, आदि स्थानमा निशुल्क इन्टरनेट जडान गरेको हो ।
कम्पनीले उपलब्ध गराएको सो इन्टरनेट सेवाग्राहीले ती स्थानमा कम्तीमा ५ सय १२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने छन ।

प्रतिक्रिया दिनुहोस्
MBL