Logo

एनसेलको सामाजिक उत्तरदायीत्व, उत्कृष्ट विद्यार्थिलाइ छात्रवृत्ति र सम्मान

एनसेलको सामाजिक उत्तरदायीत्व, उत्कृष्ट विद्यार्थिलाइ छात्रवृत्ति र सम्मान



काठमाडौं । एनसेलले ललितपुरस्थित पुल्चोक इन्जीनियर क्याम्पसका विद्यार्थिलाई छात्रवृत्ति तथा सम्मान प्रदान गरेको छ ।
युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने उद्देष्यले सो छात्रवृत्ति तथा सम्मान प्रदान गरेको कम्पनीले जानकारी दिएको छ ।
बिहीबार एक कार्यक्रमका बीच क्याम्पस प्रमुख प्राडा गोकर्ण बहादुर मोत्रा, सहायक क्याम्पस प्रमुख जीतेन्द्र कुमार मानन्धर र एनसेलका प्रतिनिधीहरुले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा सम्मान प्रदान गरेका हुन ।

१२ वटा शीर्षक अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको हो । साथै उत्कृष्ट नतिजा ल्याई ३ संकायबाट स्नातक उतीर्ण गरेका ४ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको थियो ।
सामाजिक उत्तरदायीत्व अन्तरगत कम्पनीले ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायका वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई प्रत्येक वर्ष एनसेल छात्रवृति प्रदान गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL