Logo

आयातकर्तालाई मोबाईल बिक्रीमा फिर्ता दिईँदै आएको भ्याट खारेज, कर रकम संकलन गर्ने व्यक्तिले फिर्ता नपाउने

आयातकर्तालाई मोबाईल बिक्रीमा फिर्ता दिईँदै आएको भ्याट खारेज, कर रकम संकलन गर्ने व्यक्तिले फिर्ता नपाउने



काठमाडौं । सरकारले मोबाईल सेटमा लाग्दै आएको मूल्य अभिवृद्धिकर फिर्ता दिने ब्यवस्था खारेज गरेको छ ।

मंगलबार अर्थ मन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री मोबाईल सेटमा लगाएको भ्याट फिर्ता दिने व्यवस्था खारेजी भएको घोषणा गरेका हुन् ।

मोबाईल निर्यात कर्ताले मूल्य अभिवृद्धि कर दर्ता भएको ब्यक्तिलाई उक्त मोबाईल बिक्री गरे बापत निर्यातमा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता दिने ब्यवस्था खारेज गरेको हो ।

साथै उपभोक्ताबाट संकलन गर्दै आएको कर रकम संकलन गर्ने ब्यक्ति आफैले सिधै फिर्ता गर्ने गरी भएको बर्तामान अवस्थालाई समेत खारेज गरेको छ ।

त्यसतै सरकारले विदेशबाट फर्किएका नेपाली यात्रुले आफ्नो साथमा ल्याएको १ सय ग्राम सम्मको काँचो सुन महसुल तिरी ल्याउन पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL