Logo

ओप्पोले पायो ईन–डिस्प्ले फिंगरप्रिण्ट प्याटेन्ट, बैंकिङ प्रयोजनका लागि उपयोगी

ओप्पोले पायो ईन–डिस्प्ले फिंगरप्रिण्ट प्याटेन्ट, बैंकिङ प्रयोजनका लागि उपयोगी



काठमाडौं । मोवाइल ब्रान्ड ओप्पोले ईन–डिस्प्ले फिंगरप्रिण्ट स्क्यानरको प्याटेन्ट पाएको छ ।

चीन स्थित ‘द स्टेट ईन्टेलेक्चुअल प्रोपर्टी अफिस अफ चाइना’ (एसआईपीओ) ले कम्पनीलाई उक्त प्याटेन्ट प्रदान गरेको हो । कम्पनीका अनुसार सो स्क्यानरले फोनको तल्लो बेजल भन्दा माथी ठूलै स्थान ओगट्ने देखिन्छ ।

साथै फिजिकल होम बटन सहितको फोन स्क्रिनमा यसको प्रयोग गरिएको छ । कम्पनीका अनुसार स्क्यानरको प्रयोग फोन अनलकका लागि मात्र नभइ भुक्तानी प्राधिकरणका लागि समेत उपयोग हुने देखिन्छ ।

नेपाली उपभोक्तालाई पनि केहि समय भित्र ईन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर प्रविधियुक्त उत्पादन ल्याउने योजना रहेको ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL