Logo

एप्पल वल्र्डको मोबाईल एक्स्चेञ्ज अफर, ६० प्रतिशत सम्म छुट

एप्पल वल्र्डको मोबाईल एक्स्चेञ्ज अफर, ६० प्रतिशत सम्म छुट



काठमाडौं । एप्पल वल्र्ड मोबाइलले एक्स्चेञ्ज अफर सुरु गरेको छ ।

बिहीबार देखी सुरु भएको उक्त एक्स्चेन्ज अफरमा पुरानो मोबाइलको सट्टा पट्टा गर्न सकिनेछ ।

साथै नयाँ मोबाइल प्रदान गरिने एप्पलवल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताएका छन ।

अफर १७ गते सम्म सञ्चालन हुनेछ ।

अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्ट फोन सँग नयाँ स्मार्ट फोन सट्टा–पट्टागर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

पुरानो स्मार्टफोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको व्यवस्था गरिएकोे एप्पलवल्र्ड मोबाइलका निर्देशक संगम राइले जानकारी दिएका छन ।

साथै अफरमा मोबाइल खरिद गर्नेहरुलाई विभिन्न मोडलका मोबाइलमा ६० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL