Logo

९ महिनामा टेलिकमले कमायो पौन १२ अर्ब, इपीएसमा पनि सुधार

९ महिनामा टेलिकमले कमायो पौन १२ अर्ब, इपीएसमा पनि सुधार



काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ११ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको छ । टेलिकमले गत आर्थिक बर्षको सोही अबधिको तलुनामा आफ्ना नाफामा बृद्धि गरेको हो ।

सो अवधिसम्म आईपुग्दा टेलिकमले ३३ अर्ब ८५ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो आम्दानी करिब १ अर्ब रुपैयाँ बढि हो ।

यस्तै कम्पनीको संचित कोषको आकार बढेर ७९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । गत बर्ष कम्पनीको प्रति सेयर आम्दानी १ सय रुपैयाँ रहेकोमा चालू आबको ९ महिनामा आईपुग्दा १ सय ५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL