Logo

खानेपानीको महशुल बुझाउन कार्यालय धाउनु नपर्ने, इसेवाबाटै भुक्तानी गर्न सकिने

खानेपानीको महशुल बुझाउन कार्यालय धाउनु नपर्ने, इसेवाबाटै भुक्तानी गर्न सकिने



काठमाडौं । सुर्खेतबासीले इसेवाबाट खानेपानीको महशुल तिर्न पाउने भएको छन । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले आफ्नो संस्थालाई डिजिटलाइज गर्नुका साथै इसेवाबाट महशुल भुक्तानी गर्न सकिने जानकारी दिएको  हो  ।

करिब १६ हजार जनसंख्या रहेको सुर्खेत उपत्यकामा इसेवाबाट महशुल भुक्तानी गर्न सकिने संस्थाका अध्यक्ष कुलमणी देवकोटाले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । अध्यक्षका अनुसार विरेन्द्रनगर नगरपालिकाका जनता खानेपानीको महशुल भुक्तानीकै लागि अब कार्यालयसम्म धाउनु नपर्ने बताएका छन ।

संस्थाले अनलाइन पेमेन्टकासाथै कार्यालयका सम्पूर्ण कार्यलाई अटोमेशनमा लगेको छ । दियालो टेक्नालोजिजले बनाएको ‘वाटरमार्क’ नामक अत्याधुनिक सफ्टवेयर प्रयोग गरि सबै कार्यलाई अटोमेशनमा लगेको संस्थाले जानकारी दिएको छ । टेक्नालोजिजले बनाएको सफट्वेयर मार्फत बिलिङ, लेखा पद्धती, जिन्सी व्यवस्थापन देखि मिटर रिडिङ सम्मका कार्यलाई डिजिटलाइज गर्छ उनले भने ।

‘प्रविधिको प्रयोग नगर्दा हामीलाई सेवा दिन निकै गाह«ो भइरहेको थियो । ग्राहक धेरै हुँदा ग्राहकहरू ३ देखी ४ घण्टा सम्म लाइनमा बसी महशुल भुक्तानी गर्नुपर्ने बाध्यता थियो । इसेवासँगको सहकार्यले अब लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य भएको छ’ अध्यक्ष देबककोटाले जानकारी दिए ।

यसअघि सुनसरीकोे इटहरी, भक्तपुरको बालकोट, र दधिकोट, कास्कीकोे लेखनाथ, नवलपरासीको प्रगतीनगर लगायत करिब दुई दर्जन खानेपानी संस्थाले अनलाइनबाट महशुल तिर्न सकिने सुविधा उपभोक्तालाई दिइसकेका छन् । खानेपानी समितिहरूले अनलाइनबाट महशुल भुक्तानी गर्न सकिने सुविधा दिनुका साथै कार्यालय प्रयोजनमा पनि वाटरमार्क नामक सफ्टवेयर प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउदै लगेका छन् ।

खानेपानीको मिटर रिडिङ ‘मिटरमार्क’ नामक मोबाईल एप्लिकेशनबाट गर्न सकिन्छ, भने उपभोक्ताले आफ्नो मोबाईल तथा इन्टरनेटबाट महशुल भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL