Logo

नेपालमा भित्रियो ओप्पो एफ ७, २५ मेगापिक्सेल फ्रन्ट क्यामरा, बजार मूल्य ३६५००

नेपालमा भित्रियो ओप्पो एफ ७, २५ मेगापिक्सेल फ्रन्ट क्यामरा, बजार मूल्य ३६५००



काठमाडौं । मोवाइल निर्माता कम्पनी ओपोले नेपाली बजारमा आफ्नो नयाँ मोबाइल फोन सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा ओप्पो एफ ७ मोबाइल फोन सार्वजनिक गरेको हो ।

कम्पनीले आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सहितको सो फोन मंगलबार एक कार्यक्रमको आयोजना गर्दै नेपालमा सार्वजनिक गरेको हो । ६४ जीवी रोम र ४ जीवी र्याममा उपलब्ध सो फोनमा २५ मेगापिक्सेलको फ्रन्ट क्यामरा जडान गरिएको छ । जसले डिजीटल क्यामेराको फीचर प्रस्तुत गर्ने कम्पनीले जानकारी दिएको छ ।

यसका साथै सो फोनमा एआइ व्युटि प्रविधि पनि रहेको छ, जसले फेशियल रिकग्निसन क्षमता, उमेर र लिंगका आधारमा थप ब्यूटीफिकेसन गर्दछ । रेड, मुनलाईट सिल्भर र डायमण्ड ब्ल्याक कलरमा उपलब्ध सो फोनको बजारमूल्य कम्पनीले ३५ हजार ५ सय रुपैया तोकेको छ । साथै कम्पनीले नेपाली बजारमा एफसेभेन १ सय २८ जिवी पनि ल्याउने भएको छ । जसको बजारमूल्य कम्पनीले ४६ हजार ५ सय तोकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL