Logo

टेलिकमले गर्यो ११ विद्यालयमा आईसीटी सेन्टर स्थापना, ५ ओटामा निर्माणाधिन

टेलिकमले गर्यो ११ विद्यालयमा आईसीटी सेन्टर स्थापना, ५ ओटामा निर्माणाधिन



काठमाडौं । नेपाल टेलिकमले ११ ओटा जिल्लाका सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरेको छ । टेलिकमले भूकम्पबाट अति प्रभावित जिल्लाहरुलगायत अन्य थप ६ वटा जिल्लाका एक एक वटा सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरेको हो ।

यसका साथै टेलिकमले लमजुङ, डडेलधुरा, उदयपुर, जुम्ला र रुकुम जिल्लाका एक एक ओटा सामुदायिक विद्यालयमा आईसीटी सेन्टर निर्माण गर्ने काम अघि बढाइएको कम्पनी द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

एक कार्यक्रमकाबीच नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले भक्तपुरको एक सामुदायीक विद्यालयमा स्थापना गरिएको आईसीटी सेन्टरको उद्घाटन गरेकी हुन । उक्त सेन्टरका लागि कम्पनीले ५ थान कम्प्युटर, ५ थान वेब क्याम, ५ थान माइक्रो फोनसहितको हेडसेट र १ थान थ्री इन वान प्रिन्टर उपलब्ध गराएको छ ।

कम्पनीले १ लाइन वाइम्याक्स डाटा कनेक्सन, वाइफाई राउटर र ओडियू सेट समेत उपलब्ध गराउनुको साथै इन्टरनेट चलाउनका लागि २ वर्षसम्म मासिक रुपमा ३० जीबी डाटा निःशुल्क उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL