Logo

टेलिकमले ल्याउदै ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर, २१ रुपैयामा २५० एमवी डाटा

टेलिकमले ल्याउदै ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर, २१ रुपैयामा २५० एमवी डाटा



काठमाडौं । नेपाल टेलिकमले ह्यप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर ल्याउने भएको छ ।
कम्पनीले आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा जीएसएम तथा सीडीएमएका प्रिपेड पोष्टपेड मोबाइलमा सो प्याक उपलब्ध गराउने भएको हो ।
सो प्याक अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने कम्पनीले जानकारी दिएको छ । उक्त अफर बैशाख १८ गतेसम्म लागु हुने छ ।
ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत २१ रुपैयाँमा २ सय ५० एमबी डाटा प्राप्त हुनेछ ।यसका साथै कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यार्थी अफर ल्याएको छ ।

सो अफर अन्तरगत विद्यार्थीहरुलाई ५० रुपैयाको टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइने छ । सो रकम मध्ये १० रुपैयाँमार्फत कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न जस्ता सबै सुविधा उपयोग गर्न सकिने छ ।बाँकी ४० रुपैयाँमार्फत ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ ।

साथै विद्यार्थीहरुलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराउने कम्पनीको जारि विज्ञप्तीमा उल्लेख छ ।

एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका बिद्यार्थीहरुलाई बिद्यार्थी अफरको सिम उपलब्ध गराइने छ ।

एसईई परीक्षा दिएका विद्यार्थीहरुले सो सिम लिनका लागि विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ भने, उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL