Logo

टेलीकमको नयाँ बर्ष अफर, डाटामा छुटैछुट

टेलीकमको नयाँ बर्ष अफर, डाटामा छुटैछुट



काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा विभिन्न अफरहरु ल्याएको छ । कम्पनीले नयाँ बर्ष २०७५ लाइ लक्षिल गरि नयाँ बर्ष अफर ल्याएको हो ।

कम्पनीले ह्याप्पी विकेन्ड प्याक, अनलिमिटेड जीएसएम सीडीएमए नाइट डाटा प्याक, एडीएसएल भोलुम वेस्ड प्याकेज र एडीएसएल अनलिमिटेड प्याकेज अफर ल्याएको हो । सो विभिन्न प्याकेजमा कम्पनीका सेवाग्राहिले विभिन्न प्याक खरिद गरि इन्टरनेटको मजा लिन सक्नेछन ।

कम्पनीको एडीएसएल अनलिमिटेड प्याक अन्तरगत सेवाग्राहिले ७ सय देखि ७ हजार सम्मका विभिन्न प्याक खरिद गरि ३० दिनदेखि ३ सय ६० दिनसम्मको अनलिमिटेड डाटा प्रयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यसका साथै प्रयोगकर्ताले अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन सक्ने छन ।

ग्राहकले सो प्याकहरु बैशाख १ गतेदेखि १५ गतेसम्म खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यसका साथै सो प्याकहरु सेवाग्राहिले * १४१५ #  डायल गरि खरिद गर्न सक्नेछन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL