Logo

एनसेलले ल्यायो ‘सही’ डेटा प्याक, यसरी गर्नुहोस खरिद

एनसेलले ल्यायो ‘सही’ डेटा प्याक, यसरी गर्नुहोस खरिद


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनसेलले ‘फ्युल योर फन’ अन्तरगतको सही डेटा प्याक सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्ना ग्राहकका लागि अल टाइम डाटा प्याकलाइ थप सुलभ बनाउंदै सो प्याक ल्याएको हो । उक्त प्याकमा सेवाग्राहिले पहिले देखि रहेको अल टाइम डेटा प्याकभन्दा १० गुणा बढि डेटा प्राप्त गरी सुलभ दरमा चौबिसै घण्टा इन्टरनेट चलाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।
यसका साथै ग्राहकले बोनस स्वरुप थप एक घण्टा निशुल्क भिडियो स्ट्रिमिङको मजा पनि लिन सक्नेछन ।
कम्पनीका अनुसार सो प्याक बिहीबार बाट लागु हुनेछ । अल टाइम डेटा प्याकहरु ३९ देखि ७ सय ९९ रुपैयासम्ममा सुचारु गर्न सकिनेछ ।

उक्त योजना अन्तर्गतको निःशुल्क भिडियो स्ट्रिमिङमा ग्राहकलेआईफ्लिक्स, युट्युब ,युट्युब गो तथा एनसेलको अरु भिडियो प्लेटफममा रहेका भिडियो कन्टेन्ट हेर्न सक्नेछन् ।
साथै ग्राहकले गुगलको सेवा जस्तै प्ले स्टोर, म्याप आदिका लागि पनि यो निःशुल्क भिडियो स्ट्रिमिङ सुविधाको प्रयोग गर्न सक्नेछन् ।

सोे प्याक खरिद गर्न सेवाग्राहिले आफ्नो मोवाइलमा एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी ‘६’ छनोट गरेर आफ्नो आवश्यकता बमोजिमको सही डेटा प्याक लिन सक्नेछन ।

सही डेटा प्याकको भोलुम सकिएपछि प्याकको समयावधि भर ‘पे एज यु गो ’ दर अनुसार कर सहित प्रति एमबि १ दशमलव १३ रुपैया लाग्ने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL