Logo

ओपो र ग्लोबल, स्ट्र्याटेजिक ईन्टेलेक्चुअल प्रोपर्टी बीच साझेदारी, ८ बिट्सको डायनामिक रेञ्ज डाटा सञ्चय गर्ने

ओपो र ग्लोबल, स्ट्र्याटेजिक ईन्टेलेक्चुअल प्रोपर्टी बीच साझेदारी, ८ बिट्सको डायनामिक रेञ्ज डाटा सञ्चय गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोसंग ग्लोबल, स्ट्र्याटेजिक ईन्टेलेक्चुअल प्रोपर्टीका लागि साझेदारीको घोषणा गरेको छ ।

ओपोले डोल्बिको उच्च क्षमताको अत्याधुनिक अडियो कोडिङ (एचई एएसी), जेपीईजी–एचडीआर र अन्य अडियो तथा भिडियो प्रविधिका लागि साझेदारी गर्ने भएको हो ।

एचई एएसी, डोल्बि ल्याबोरेटोरिजद्वारा विश्वभरका सयौँ कम्पनीलाई आधिकारिक रुपमा प्रयोगका लागि उपलब्ध गराउने अडियो कोडिङका लागि अन्तरराष्ट्रिय मानक हो । त्यसैगरी, जेपीईजी–एचडीआर स्ट््याटिक ईमेज ईनकोडिङ मानक हो । यसले ८ बिट्स भन्दा बढीको डायनामिक रेञ्जमा डाटा सञ्चय गरी प्रयोगकर्तालाई पोष्ट प्रोसेसिङका दौरान स्याम्प्लिङमा सघाउने कम्पनीले जनाएको छ ।

डोल्बि ल्याब्रेटोरिजका कार्यकारी उपाध्यक्ष, जनरल काउन्सिल एण्ड कर्पोरेट सेक्रेटरी, एण्डि शर्मनले भने ओपोलाई आफनो वैश्विक साझेदारहरुको समुहमा सम्मिलित गर्न पाउँदा खुसी भएको बताएका छन । नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओलेका अनुसार डोल्बि ल्याब्रेटोरिजसंगको यो सहकार्यले अझ उत्कृष्ट सेवा दिन सकिने बताएका छन ।

सन् २०१८को सुरुवातमा ओपोले आधिकारिक रुपमा जापानी बजार प्रवेश गरेको थियो । साथै, निकट भविष्यमा यूरोपेली बजारमा समेत प्रवेशको तयारी गरिरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL