Logo

टेलिकमले सुरु गर्यो ‘नमस्ते क्रेडिट’ सेवा, व्यालेन्स सकिएपनि फोनगर्न मिल्ने

टेलिकमले सुरु गर्यो ‘नमस्ते क्रेडिट’ सेवा, व्यालेन्स सकिएपनि फोनगर्न मिल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’को सुरुवात गरेको छ । आज आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सुचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको शुभारम्भ गरेका हुन् ।

सो व्यवस्था अनुसार टेकिमको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा कल गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ । यस्तो सापटी रकम ५ रुपैयाँ देखि ४० रुपैयाँ सम्म उपलब्ध हुनेछ । सो रकम पछि गरिने रिचार्ज रकमबाट काटिने छ । यसरी सापटी लिदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन ।

उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री बाँस्कोटाले नेपालमै पहिलो पटक प्रिपेड सेवा सुरु गरेको नेपाल टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवा शुभारम्भ गर्नु राम्रो काम भएको बताएका छन् । नेपाल टेलिकमका अन्य सेवाको तुलनामा कभरेज तथा ग्राहक संख्याको हिसाबले पहिलो रहेको प्रिपेड सेवा अधिकांश नेपालीले प्रयोग गरिरहेकोले सो सेवाबाट कम्पनीको प्रतिस्पर्धि क्षमता र गुणस्तरियता बृद्धि गर्न थप बल पुग्ने उनको भनाई थियो ।

यसैगरी नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नमस्ते क्रेडिट सेवा कम्पनीको अर्को कोशेढुंगा सावित बताईन् । कम्पनीका ग्राहकले ब्यालेन्स सकिए पनि सापटी रकमबाट निरन्तर सेवा उपभोग गर्न सक्ने बताउँदै यसबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास बढ्न बताईन ।

उनका अनुसार ३ महिना पहिले देखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा उपलब्ध हुनेछ । कति रकम सापटी लिन सकिन्छ भन्ने वारेमा जानकारी लिनका लागि क्त्ब्त्ग्क् लेखेर १४७७ मा एसएमएस पठाउन सकिनेछ । एक पटक लिएको सापटी रकम तिरेपछि फेरि अर्को पटक पनि सापटी लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL