Logo

इटहरीमा सुरु भयो इसेवाबाट महशुल भुक्तानी, डिजिटलाइज बन्दै खानेपानी समिति

इटहरीमा सुरु भयो इसेवाबाट महशुल भुक्तानी, डिजिटलाइज बन्दै खानेपानी समिति


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सुनसरीको इटहरीमा इसेवामार्फत खानेपानीको महशुल भुक्तानी गर्न सकिने भएको छ ।

इटहरीस्थित इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महशुल अनलाइनबाटै तिर्न सकिने सेवा सुरू गरेको हो ।

संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईका अनुसार संस्थामा निकै टाढा टाढाबाट महशुल तिर्न आउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यसका साथै उनले उपभोक्ताहरू ४० रूपैयाँ महशुल तिर्न ५० रूपैयाँ खर्च गरेर आउनुपर्नेमा अब इसेवामार्फत् भुक्तानी गर्न सकिने भएपछि उपभोक्तालाई निकै सहज भएको जानकारी दिए ।

यसैगरी संस्थाका आइटी अफिसर राजु दंगालले अनलाइनबाट महशुल भुक्तानीसँगै मिटर रिडिङदेखि कार्यालय व्यवस्थापनलाई पनि डिजिटलाइज गरेको जानकारी दिए ।

समितिहरूले अनलाइनबाट महशुल भुक्तानी गर्न सकिने सुविधा दिनुका साथै कार्यालय प्रयोजनमा पनि वाटरमार्क नामक सफ्टवेयर प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउदै लगेको संस्थाले जानकारी दिएको छ ।

अनलाइनबाट महशुल भुक्तानी गर्न सकिने भएपछि महशुल बुझाउन जाने समय र खर्चमा कटौती हुँदा उपभोक्तालाई ठूलो राहत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL