Logo

स्मार्ट टेलिकम र युटिएललाई दूरसंचार प्राधिकरणले गर्यो कारबाही

स्मार्ट टेलिकम र युटिएललाई दूरसंचार प्राधिकरणले गर्यो कारबाही


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले २ वटा टेलिकम सेवा प्रदायकलाई कारबाही गरेको छ । दूरसंचार सेवा अनुमतिपत्र अनुसार काम नगरेको भन्दै प्राधिकरणले स्मार्ट टेलिकम र युटिएललाई कारबाही गरेको हो ।

प्राधिकरणका अनुसार दुबै टेलिकम सेवा प्रदायकले आफुले पेश गरेको रोल आउट प्लान अनुसार काम नगरेको भन्दै कारबाही गरिएको हो । रोल आउट प्लान अनुसार स्मार्ट टेलिकमले २०१७ को दास्रो त्रैमाससम्ममा १८ वटा जिल्लामा सेवा विस्तार गर्ने उल्लेख गरेको थियो । तर, सो अबधिमा त्यसको आधार अर्थात ९ वटा जिल्लामा मात्र विस्तार गरेपछि प्राधिकरणले कारबाही गरेको हो ।

स्मार्ट टेलिमकलाई दुरसंचार ऐन २०५३ को दफा २४ अनुसार ५ लाख रुपैयाँ जरिवान गरिएको छ । प्राधिकरणले स्मार्टलाई जरिवाना सहित ६ महिना भित्र सर्त बमोजिम १८ वटै जिल्लामा टेलिफोन सेवा विस्तार गर्न निर्देशन दिएको छ ।

यसैगरी, युटिएललाई पनि रोल आउट प्लान अनुसार सेवा शुरु नगरेको भन्दै सोही व्यवस्था अनुरुप ५ लाख रुपैयाँ जरिवाना गरिएको छ । युटिएललाई पनि जरिवाना सहित रोल आउट प्लान अनुसार ६ महिना भित्र ५४ वटा जिल्लामा सेवा विस्तार गर्न दिर्नेशन दिइएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL