Logo

प्रदेश १ का पाँच जिल्लामा २ बर्षसम्म निःशुल्क इन्टरनेट, यस्तो छ प्राधिकरणको तयारी

प्रदेश १ का पाँच जिल्लामा २ बर्षसम्म निःशुल्क इन्टरनेट, यस्तो छ प्राधिकरणको तयारी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश नम्बर १ मा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । प्रदेश नम्बर १ का सरकारी निकायहरुमा २ बर्षका लागि निःशुुल्क इन्टरनेट उपलब्ध गराउन लागेको हो । यसका लागि टेन्डर आवह्वान गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार पाँचथर, खोटाङ, भोजपुर, तेह्रथुम र धनकुटामा इन्टरनेट आगामी १ बर्षभित्र इन्टरनेट उपलब्ध गराउने योजना अनुरुप अघि बढाइएको छ । जसअनुसार सो प्रदेशका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालयलगायत सरकारी कार्यालयहरुमा निःशुल्क इन्टरनेट प्रदान गरिनेछ ।

इन्टरनेटको प्रयोग तथा ई–गभर्नेन्सलाई प्रबद्र्धन गर्न २ वर्षसम्म कम्तीमा ५१२ केबिपिएस गतिको इन्टरनेट निःशुल्क दिन लागेको उनले जानकारी दिए ।
प्रवक्ता अर्यालका अनुसार कोषको रकम सेवा प्रदायकलाई अनुदान दिएर निःशुल्क इन्टरनेट दिइने भएको हो । २ वर्षपछि भने निश्चित शुल्क लिइने उनले जानकारी दिए । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गर्दै आगामी आर्थिक बर्षभित्र निःशुल्क इन्टरनेट दिने कार्ययोजना अघि बढाएको हो ।
सरकारले भूकम्प अति प्रभावित जिल्ला र दुर्गम क्षेत्रमा निःशुल्क इन्टरनेट पुर्याउने घोषणा गरेको थियो । सोही कार्यक्रमअनुसार प्राधिकरणले सेवा प्रदायकमार्फत पूर्वाधार स्थापना तथा नेटवर्क विस्तारलाई अघि बढाएको उनले बताए ।

इच्छुक आइएसपीहरुले आरटिएिफमा कम्तिमा २ लाख योगदान गर्नुुपर्छ । त्यस्तै कम्तिमा ५ हजार फिक्सड डाटा प्रयोगकर्ता हुनुपर्ने प्राधिकरणले जानकारी दिएको छ । अप्रिल ४ सम्म आवेदन दिइसक्नुपर्ने छ । जोइन्ट भेन्चर कम्पनीलाई भने निरुत्साहित गरिने प्रवक्ता अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL