Logo

प्रजातन्त्र दिवसमा टेलिकमले ल्यायो फ्रिडम प्याक, २५ रुपैयामा ६० मिनेट टक टाइम

प्रजातन्त्र दिवसमा टेलिकमले ल्यायो फ्रिडम प्याक, २५ रुपैयामा ६० मिनेट टक टाइम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ ।

कम्पनीका जिएसएम र सिडीएमए मोबाइलका ग्राहकहरुले १ घण्टासम्म अनलिमिटेड रुपमा सो प्याकको उपयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

जिएसएम तथा सिडीएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने छन् । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने टेलिकमले बताएको छ ।
उक्त प्याक आज देखि आगामी फागुन ८ गतेसम्म खरिद गर्न सकिने छ । एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिए पछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

फ्रिडम प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट स्टार १४१५ स्टार ८ ह्यास डायल गर्न वा एफडिप्याक लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । त्यसैगरी सीडीएमए मोबाइलबाट एफडिप्याक लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL