Logo

बार्षिकोत्सवमा टेलिकमको यस्तो घोषणा, रिचार्जदेखि अन्तरराष्ट्रिय कलमा बोनस र छुट

बार्षिकोत्सवमा टेलिकमको यस्तो घोषणा, रिचार्जदेखि अन्तरराष्ट्रिय कलमा बोनस र छुट


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल टेलिकमले आफ्नो १४औं बार्षिकोत्सवको अवसरमा आफ्नो सेवामा बोनस तथा छुटको व्यवस्था गरेको छ ।

जसअनुसार माघ २३ गतेदेखि २९ गतेसम्म टेलिकमको प्रिपेड वा पोष्टपेड सेवाको रिचार्जमा बोनसको घोषणा गरेको हो । । टेलिकमका अनुसार ५ सय देखि १ हजार सम्मको रिचार्जमा १५ प्रतिशतसम्म बोनस उपलब्ध गराइने छ । त्यस्तै १ सय सम्मको रिचार्जमा १० प्रतिशत बोनस उपलब्ध गराइने टेलिकमले जानकारी दिएको छ ।

त्यस्तै बार्षिकोत्सवकै अवसरमा एडिएसएल सेवाको स्पीड माघ २५ देखि ५ एमविपिएसमा स्तरोन्नती गरिने बताएको छ ।
क्रस बन्डलिङ अन्तर्गत माघ २५ देखि तीन महिनाका लागि एडिएसएल सेवामा रिचार्ज गर्दा जिएसएम वा सिडिएमएमा डाटा बोनस उपलब्ध गरिने छ ।

टेलिकमले हाल सियुजी सेवा जिएसएम र सिडिएमए पोष्टपेड ग्राहकका लागि उपलब्ध हुँदै आएकोमा प्रिपेड ग्राहकहरुलाई समेत यो सेवा उपलब्ध गराइने जानकारी दिएको छ ।

त्यस्तै कम्पनीले जिएसएम सेवातर्फ माघ २३ देखि फागुन ८ गतेसम्मका लागि अनलिमिटेड नाइट भ्वइस प्याकेज उपलब्ध गराउने भएको छ । जसअन्तर्गत राती १० बजेदेखि विहान ३ बजेसम्म ३ दिनका लागि ३५ रुपैयाँमा अनलिमिटेड कुराकानी गर्न सकिने छ ।

अनलिमिटेड अल टाइम डाटा प्याकेजमा कुनैपनि समय ५० रुपैयाँमा २४ घण्टा कुराकानी गर्न सकिने छ । अनलिमिटेड नाइट डाटा प्याकेज राती १० देखि बिहान ६ बजेसम्म एक रातको १५ रुपैया काटिने टेलिकमले जानकारी दिएको छ ।
पिएसटिएन सेवाग्राहीका लागि फागुन महिनामा थप २५ कल बराबरको रकम छुटको व्यवस्था गरिएको छ ।

माघ २५ देखि बैशाख २५ सम्मको अवधीको लागि भारतमा कल गर्न २ रुपैयाँ २२ पैसा देखि २ रुपैयाँ ३३ पैसासम्मका विभिन्न आकर्षक प्याकेज उपलब्ध गराएको छ ।

अन्तरराष्टिय आगमन कल प्राप्त गर्ने कम्पनीका ग्राहकलाई प्रत्येक ७ दिनमा ७ मिनेट भन्दा बढी कल प्राप्त भएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा एसएमएस पठाउन बोनस प्रदान गर्ने ।

प्रतिक्रिया दिनुहोस्
MBL