Logo

टेलिकमको ‘ एअर टाईम क्रेडिट सेवा’ शुरु, बिना शुल्क लोन सुबिधा

टेलिकमको ‘ एअर टाईम क्रेडिट सेवा’ शुरु, बिना शुल्क लोन सुबिधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले एअर  टाइम क्रेडिटको शुरुवात गरेको छ । टेलिकमले नमस्ते क्रेडिट नामक सेवा शुरुवात गरेको हो ।

जसअन्तरर्गत कम व्यालेन्स फोनमा कुराकानी गर्दागर्दै ब्यालेन्स सकिए पनि कुरा निरन्तर भइरहने छ ।

जीएसएम र सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुले ब्यालेन्स नहुँदा फोन कल गर्न ऋण(लोन) रकम लिन पाउने छन् ।

टेलिकमले सोमबार सो सेवाको ‘सफ्ट लञ्च’ गरेको छ । यो सेवामा प्रिपेड मोबाइलका ग्राहकले बिना व्याज सुविधा उपभोग गर्न सक्नेछन् । रिचार्जपछि उपलब्ध हुने ब्यालेन्सबाट उक्त लोन रकम कट्टा हुने छ ।

आगामी १ महिनाभित्र कर्मसियल लञ्चको तयारी गरिएको टेलिकमले जानकारी दिएको छ ।

त्यस्तै जिएसएम मोबाइलको भ्वाइस मेल सर्भिस फागुनबाट शुरु गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL