Logo

सन् २०१९ मा ओप्पोको फाइभजी मोबाइल, अन्वेषण गर्न क्वालकमसँग सहकार्य

सन् २०१९ मा ओप्पोको फाइभजी मोबाइल, अन्वेषण गर्न क्वालकमसँग सहकार्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माण कम्पनी ओप्पोले क्वालकम टेक्नोलोजीज्सँग सहकार्यको घोषणा गरेको छ । ओप्पोले चीनमा आयोजित ‘२०१८ क्वालकम टेक्नोलोजी डेमा’ ‘फाईभजी पायोनियर ईनिसियटिभ’ को लागि सहकार्यको घोषणा गरेको हो ।

ओप्पोले फाइभजी युगमा मोबाइल प्रविधिमान नवप्रबर्तनको अन्वेषणका लागि उक्त सहकार्य गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । साथै फाइभजी मोबाइल नेटवर्कले वैश्विक मोबाइल उद्योगलाई नयाँ आयाम दिने कम्पनीको दाबी छ ।

ओप्पोका प्रमुख कार्यकारी अधिकृत टोनी छन्ले ओप्पोले फाइभजी र आर्टिफिसियल ईन्टेलिजेन्सी जस्ता क्रान्तिकारी प्रविधिमा लगानीलाई निरन्तरता दिँदै प्रयोगकर्ताको आवश्यकता तथा माग अनुसार नयाँ प्राविधिक उपकरण उपलब्ध गराउँदै जाने बताए । साथै उनले २०१८ मा ओप्पोले वैश्विक बजारमा आफ्नो उपस्थिती थप शसक्त बनाउन प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि सहितका स्मार्टफोन उपलब्ध गराउने जानकारी दिए ।

ओप्पोका उपाध्यक्ष एलेन वुले क्वालकम टेक्नोलोजिज्सँगको सहकार्यलाई अझ शसक्त बनाउँदै उद्योग विकासका लागि हर सम्भव प्रयास गर्ने कुरा जानकारी गराए । फाइभजी पायोनियर ईनिसिएटिभमार्फत क्वालकम टेक्नोलोजिज्ले विश्वभर ओप्पोका प्रयोगकर्तालाई रेडियो फ्रिक्वेनसी फ्रण्ट ईन्ड फिल्डजस्ता ब्यापक समाधान उपलब्ध गराइ अत्याधुनिक फाइभजी मोबाइल अनुभव प्रदान गर्न सघाउनेछ । ‘नजिकिँदो फाइभजी यूग, मोबाइलफोन उद्योगका लागि अभूतपूर्व समय हो । यसका लागि ओप्पोले आफ्ना साझेदारहरुसँग सहकार्य गर्दै यस क्षेत्रमा रहेका हरेक अवसरको सदूपयोग गर्नेछ,’ आप्ेपोका उपाध्यक्ष वुले भने, ‘सन् २०१९ मा हाम्रा विश्वभरका प्रयोगकर्तालाई उत्कृष्ट फाइभजी अनुभव प्रदान गर्न, फाइभजी फोन सार्वजनिक गर्ने ओपोको योजना छ ।

साथै, चीनको तीन प्रमुख मन्त्रालयद्वारा स्थापित प्रमुख प्रमोशन संस्थाले फाइभजी प्रविधि आरएण्डडी ट्रायल फेज थ्री स्पेसिफिकेसन्स सार्वजनिक गरेको थियो ।

हाल फाइजभी ल्याउनका लागि चीन, अमेरिका, जापान, दक्षिण कोरियामा परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL