Logo

सुविसु क्यान इन्फोटेक बिहीबारदेखि शुरु, प्रमुख आकर्षणमा नेपाली भोटिङ मेसिन

सुविसु क्यान इन्फोटेक बिहीबारदेखि शुरु, प्रमुख आकर्षणमा नेपाली भोटिङ मेसिन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सुविसु क्यान इन्फोटेक २०१८ बिहीबारबाट शुरु भएको छ । मेलाको सुचना तथा सञ्चार मन्त्रि मोहनबहादुर बस्नेतले उद्दघाटन गरेका हुन । सो अवसरमा मन्त्रि बस्नेतले नेपालको अरु देशले जस्तै विकाशमा फड्को मार्न क्यान इन्फोटेक जस्ता मेलाले महत्वपुर्ण भुमिका खेल्ने जानकारी दिए ।

उनले अहिलेको अबस्थामा हरेक क्षेत्रमा सञ्चार तथा सुचनायुक्त प्रविधिको विकाश आवश्यक रहेको बताए ।

त्यस्तै क्यान इन्फोटेक महासंघका अध्यक्ष हेमन्त चौरासियाले नेपालमा सुचना तथा प्रविधिसम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस मेलाको आयोजना गरिएको जानकारी दिए ।

साथै उनले प्रविधिको राम्रो परिचालन गर्न सके हालको नेपाललाइ अबको तिन बर्षमा ई-नेपालमा रुपान्तरण गर्न सकिने दाबी गरे ।

संघका महासचिव रञ्जितकुमार पोदारले मेलामा नेपाली भोटिङ मेसिनको प्रदर्शनी गरिने बताए ।

उक्त क्यान इन्फोटेकमा जम्मा २२२ ओटा स्टल रहेका छन् । जसमा हलभित्र ४९ ओटा र हलबाहिर ५ ओटा कक्षहरु छन् । यसका साथै ट्रसमा १४४ ओपन स्पेश १४ तथा फुड स्टलहरु १० राखिएको छ ।

उक्त प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायकलगायतको स्टलहरु रहेका छन् ।

मेलामा प्रवेशका लागि सर्वसाधारणलाई १०० विद्यार्थीलाई ५० रुपैयाँ टिकटदर तोकिएको छ ।

प्रदशर्नीमा सुविसुले पनि क्लियर टिभि, इन्टरनेट अफर, इन्टरनेट एन्ड क्लियर टिभि सुपर कम्बो अफर आदि ल्याएको छ । क्यान इन्फोटेकसंग मोटोरोलाको आधिकारीक बिक्रेता लाईफकम प्रालिले पनि प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL