Logo

ओप्पोको ए ८३ नेपाली बजारमा, मूल्य २५ हजार

ओप्पोको ए ८३ नेपाली बजारमा, मूल्य २५ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ओप्पोले आफ्नो नयाँ फोन ओपो ए ८३ नेपाली वजारमा सार्वजनिक गरेको छ । कमप्नीले फुल स्क्रिन डिस्प्ले फिचर सहित फोन नेपाली बजारमा उपलब्ध गराएको हो ।

साथै सो मोबाइलमा यूवा पुस्तालाई वास्तविक तथा प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने उद्देश्यले एआई ब्यूटी रिकग्निशन प्रविधि उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ । मोबाइलमा ३ जीबी र्याम र ३ हजार १ सय ८० एमएएच क्षमताको ब्याट्रि रहेको छ ।

यस्तै ८ मेगापिक्सेलको फ्रण्ट र १३ मेगा मेगापिक्सेल क्षमताको रियर क्यामेरा रहेको छ । सो मोबाइलमा फेस अनलक सुविधा समेत उपलब्ध छ । जस गर्दा फोनको स्क्रिनमा आफ्नो अनुहार देखाइ सजिलै फोन अनलक गर्न सकिन्छ ।

उक्त मोबाइलको बजारमा मूल्य २४ हजार ९ सय ९० रुपैयाँ रहेको छ । कम्पनीले सो मोबाइललाई कालो र सुनौलो रंगमा उपलब्ध गराएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL