Logo

बैंक खाता पछि सिमकार्डमा केवाइसी लागु गरिँदै, तीन पुस्ते विवरण अनिवार्य

बैंक खाता पछि सिमकार्डमा केवाइसी लागु गरिँदै, तीन पुस्ते विवरण अनिवार्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले केवाईसी (नो योर कष्टुमर) लागु गर्ने भएको छ । जथाभावी रुपमा सिमकार्ड वितरण गर्ने व्यवस्थालाई निरुत्साहित गर्न केवाईसी अनिवार्य गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ ।

केवाईसी लागू भएसँगै एक जनाले आफ्नो परिचयपत्रबाट बढीमा ५ देखि ७ ओटा मात्र सिम निकाल्न पाउने छन् । पछिल्लो समय फोनमार्फत हुने आपराधिक गतिबिधि बढेको भन्दै प्राधिकरणले सो रोक्न केवाईसी लागु गर्न लागेको अध्यक्ष दिगम्बर झाले जानकारी दिए ।

प्रहरीका अनुसार एक जनाको नामबाट २ सय ओटाभन्दा बढी सिम निकालेको पाइएको । ‘सिम निकाल्दा परिचयपत्र वा नागरिकताको आवश्यकता भन्दा धेरै फोटोकपी गर्छन्, त्यस्ता फोटोकपी गलत काम गर्ने मान्छेले किन्छन्,’ उनले भने ‘त्यही परिचयपत्रबाट सिम खरिद गरेर आपराधिक क्रियाकलाप गरेको पाइएको छ ।’ तर त्यसबारे परिचयपत्र धनी भने बेखबर हुने गरेका छन् ।

सेवा प्रदायकलाई जति बढी सिम बिक्री भयो त्यती राम्रो हुने भएकोले चासो नदेखाएको झाले बताए । केवाइसी अन्तर्गत उपभोक्ताले सिम निकाल्दा आफ्नो तीन पुस्ते ठेगाना खुलाउनुपर्ने छ । तिनपुस्ते ठेगाना, हालसालै खिचिएको फोटो र औठा छाप अनिवार्य हुनेछ ।

अध्यक्ष झाका अनुसार सिम निकाल्दा प्राप्त विवरण सफ्टवेयरमा राखिने छ । सो व्यवस्था अनुसार कुनै पनि व्यक्तिले तोकिएकोभन्दा बढी सिम लिने वित्तिकै कालो सूचीमा पर्नेछन् । यसबाट सिमको दुरुपयोग कम हुनुका साथै वास्तविक प्रयोगकर्ताको संख्या आउने उनको दाबी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL