Logo

अन्ततः नेपाल भित्रियो चिनीयाँ इन्टरनेट, शुक्रबार औपचारिक शुरुवात

अन्ततः नेपाल भित्रियो चिनीयाँ इन्टरनेट, शुक्रबार औपचारिक शुरुवात


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा भारतीय इन्टरनेटको एकाधिकार अन्तत तोडिने भएको छ । नेपाल चीनसँगको इन्टरनेट सञ्जालमा जोडिएसँगै भारतीय एकाधिकार तोडिन लागेको हो ।

नेपाल टेलिकमले चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरेको छ । शुक्रबार सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनिया राजदुत यु होङले संयुक्त रुपमा नेटवर्कको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल टेलिकमले जानकारी दिएको छ ।

रसुवागढी र केरुङको बीचमा पहिरो गएपछि विच्छेद भएको फाइबर पुनस्थापित गर्न समय लागेकाकाले संचालमा ल्याउन ढिलाई भएको थियो । हिउँले पुरिएर चीनतर्फको भागमा अप्टिकल भाँचिएको थियो ।

सोही रुटबाट ब्यान्डवीथ पठाउँदा अवरोध हुने तथा व्यवसायिक रुपले आदान प्रदान गर्न अप्ठेरो पर्ने भएकोले रिस्टोर गरेर मात्र पठाउने भन्दै चाइना टेलिकमले नेपाल टेलिकमलाई जानकारी गराएको थियो । हिउँले प्रभाबित क्षेत्रबाट आउने अप्टिकललाई चीनले रि रुट गरेको हो ।
टेलिकमले धादिङको गल्छीदेखि रसुवासम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ । रसुवाको जिलोङ गेटवे हुँदै चिनियाँ इन्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिएको हो । टेलिकम र चाइना टेलिकम ग्लोवलबीच चीन र नेपाललाई स्थलमार्गवाट जोड्ने तथा नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्झौता भएको थियो ।

हाल नेपालले भारत हुँदै आएको इन्टरनेट प्रयोग गरिरहेको छ । चाइना टेलिकमसँगको आयोजना सम्झौतापछि २०७३ जेठमै चीनसँग फाइबर कनेक्टिभिटी कायम गरेको टेलिकमले मंसिरमा त्यसको व्यावसायिक सम्झौता समेत गरिसकेको छ ।

व्यावसायिक सम्झौता भएको ३ महिनामा ब्यान्डविथ भित्राउने लक्ष्य रहेको भए पनि तिब्बतर्फको अप्टिकल फाइबर संरचनामा क्षति पुग्दा ब्यान्डविथ भित्राउन ढिलाइ भएको हो ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL