Logo

४ अर्ब रुपैयाँमा भवन भाडामा लिदै प्राधिकरण

४ अर्ब रुपैयाँमा भवन भाडामा लिदै प्राधिकरण


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भवन भाडामा लिने तयारी गरेको छ । हाल रहेको कार्यालय साँघुरो भएको भन्दै नयाँ भवन भाडामा लिन लागेको हो ।

सिंहदरबारबाट ३ किलोमिटर आसपासका क्षेत्रहरुमा नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, अनामनगर, पुतलिसडक,कमलादीलगायत आसपासका क्षेत्रहरुमा घर तथा व्यवसायिक भवन कार्यालय भाडामा लिन खोजेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

यसका लागि ४ अर्ब रुपैयाँ बराबरको रकम छुट्याएको हो । इच्छुकले भवनको क्षेत्रफल र कोठा संख्या तथा भाडा दर रेट उल्लेख गरि सम्बन्धित घर जग्गाको सम्पूर्ण कागजात संलग्न गरी सिलबन्दी कोटेशन पेस गर्न आग्रह गरेको छ । प्रस्तावित घर करीव ३ देखि ६ रोपनी क्षेत्रफलको कम्पाउण्डमा बनेको हुनु पर्ने प्राधिकरणले हालै जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै मुख्य मोटर बाटोबाट दोहोरो रुपमा गाडी आउन जान सक्ने (कम्तीमा २० फिटको) पिच बाटो हुनु पर्नेछ । उपरोक्त जग्गामा बनेको घर भूकम्प प्रतिरोधात्मक फ्रेक स्टक्चरमा बनेको पिलर सिष्टमको हुनु पर्ने समेत बताएको छ ।

घरमा कम्तीमा ५५ देखि ६० वटा कोठाको व्यवस्था भएको हुनु पर्नेछ र घर जग्गाको क्षेत्रफल कम्तीमा ९,००० देखि १०,००० बर्ग फिटको हुनु पर्नेछ ।
घरको प्रत्येक तल्लामा एउटा कमन बाथरुम वा शौचालयको व्यवस्था पर्याप्त हुनुपर्नेछ ।

पानीको व्यवस्थाको लागि कम्तीमा १० हजार लिटर क्षमताको अन्डरग्राउण्ड पानी ट्यांकी हुनुपर्ने प्राधिकरणले जानकारी दिएको छ ।

सोही अनुसार पानी तान्ने क्षमताको वाटर पम्प सहित माथि कौंशीमा रहेको ट्याङ्की व्यवस्थित र नियमित रुपमा पानी आपूर्तिको व्यवस्था हुनु पर्नेछ ।
पर्याप्त मात्रामा उज्यालो हुने गरी झ्याल, जग्गाको सबै तर्फ कम्पाउण्डवालले घेरिएको सुरक्षित र गाडी आवत जावत गर्न सजिलो हुने गरी पाकिङ्ग सुविधा सहित गेटको व्यवस्था भएको हुनु पर्नेछ ।

घर, जग्गा मूल सडकबाट बढीमा करीव ५०० मिटर सम्ममा हुनु पर्नेछ । कम्पाउण्डमा कम्तीमा २५ वटा मोटर र ३० वटा मोटर साइकल पार्किङ्गको व्यवस्था हुनु पर्नेछ । त्यस्तै कम्पाउण्डमा सेक्युरिटी गार्डको लागि छुट्टै व्यवस्था गरिएको हुनु पर्नेछ ।

प्रस्ताव साथ भवनको स्वीकृत नक्सा, निर्माण सम्पन्न प्रमाणपत्र, लालपूर्जा र २०७३।७४ सम्म कर तिरेको प्रमाणीत प्रतिलिपि संलग्न गर्नुपर्ने छ ।
घर जग्गाको भाडा नेपाल दूरसञ्चार प्राधिकरणको खरिद विनियमावली, २०७३ को विनियम ११४(३) बमोजिम भाडा निर्धारण गर्न गठित घरभाडा निर्धारण समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

यता बिजनेस कम्प्लेक्स भएको अवस्थामा कम्तिमा १० हजार बर्ग फिटको खाली जग्गा हुनु पर्ने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL