Logo

२० महिनामा डेढ करोड आईएमईआई दर्ता

२० महिनामा डेढ करोड आईएमईआई दर्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा हालसम्म डेढ करोड मोबाइलकाइन्टरनेशनल मोबाइल इक्युपमेन्ट आईडेन्टिटी (आईएमईआई) नम्बर दर्ता भएको छ । आईएमईआई शुरु गरेको २० महिनाको अवधिमा १ करोड ६९ लाख भन्दा बढी आईएमईआई दर्ता भएकोे हो ।

जसमध्ये व्यक्तिगत तर्फबाट ४ हजार ५ सय ७६ र बाँकी व्यवसायीक तर्फ दर्ता भएको हो ।

प्राधिकरणले अघिल्लो बैशादेखि मोबाइल फोनलाई व्यवस्थित एवं आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यसहित आईएमईआई दर्ता शुरु गरेको हो ।

प्राधिकरणका अनुसार यो वर्ष मात्र ५२ लाखको हाराहारीमा मोबाइलको आईएमईआई नम्बर दर्ता भइसकेको छ। गतवर्ष ९९ लाख ९८ हजार आईएमईआई नम्बर दर्ता भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।

एनका अनुसार एउटा मोबाइल सेटमा २ ओटासम्म आईएमईआई नम्बर हुन्छ । यसरी हेर्दा हालसम्म करिव ७० हजार मोबाइल सेटमा आईएमईआई नम्बर दर्ता भएका छन् ।

यसैवीच प्राधिकरणले आईएमईआईको अनलाइन दर्ता शुरु गर्ने भएको छ । त्यसका लागि वेब बेस अनलाइन रजिष्टेशन सिस्टम तयार भइसकेको उनले जानकारी दिए । ‘सिस्टमको परिक्षण पनि भइसक्यो, अव भन्सारका कर्मचारी तथा मोवाइल आयातकर्ताहरुलाई राखेर तालीम दिएपछी काम शुरु गर्ने छौं ’ उनले भने ।

प्राधिकरणले मोबाइल आईएमईआई दर्ता सुरु गरेसँगै यसलाई एक वर्षको अवधिमा डिजिटलाइज गरेर अघि बढ्ने योजना ल्याएको थियो।

अहिले इमेलमार्फत दर्ताको प्रकिया हुने भए पनि पूर्ण रूपमा यो प्रक्रिया डिजिटलाइज हुन सकेको छैन। आर्थिक वर्ष २०७५ को सुरुसँगै कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL