Logo

इन्टरनेट स्पिडमा भारतभन्दा नेपाल निकै अगाडी, दक्षिण एशियामै दोश्रो स्थानमा

इन्टरनेट स्पिडमा भारतभन्दा नेपाल निकै अगाडी, दक्षिण एशियामै दोश्रो स्थानमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अधिकांंश ग्राहकले इन्टरनेटको स्पिड कमजोर भएको गुनासो गर्दै आएका छन् । प्रयोगकर्ताले इन्टरनेटको स्पिड कमजोर भएको महशुस गरेपनि नेपालको इन्टरनेट डाउनलोड स्पिड राम्रो भएको एक अध्ययनले देखाएको छ ।

अझ रोचक कुरा त के छ भने भारतबाट ल्याइने नेपालको इन्टरनेटको स्पिड भारतको भन्दा निकै बढी छ । नेपालमा मोबाइल सेवा प्रदायक होस या इन्टरनेट सेवा प्रदायक सबैले भारतीय गेटवे हुँदै नेपालमा इन्टरनेट ल्याउदै आएका छन् । तथापी इन्टरनेट डाउनलोड स्पिड भने भारतको भन्दा निकै बढी भएको अध्ययनले देखाएको छ ।

स्पिड टेष्ट ग्लोवल इन्डेक्सले सार्बजनिक गरेको रिपोर्ट अनुसार नेपालमा मोबाइलबाट इन्टरनेट डाउनलोड स्पिड १० दशमलब ९७ एमबीपिएस छ । जुन भारतको भन्दा २ एमबीपिएस भन्दा बढी हो । भारतको मोबाइल डाउनलोड स्पिड ८ दशमलब ८० छ ।

रिपोर्ट अनुसार नेपालको इन्टरनेट डाउनलोड स्पिड दक्षिण एशियामै दोश्रो छिटो हो । दक्षिण एशियामा पाकिस्तानको इन्टरनेट डाउनलोड स्पिड सबैभन्दा बढी १३ दशमलब ०८ छ ।

त्यसो त विश्वकै मोबाइल डाउनलोडमा नर्वे सबैभन्दा अगाडी छ । नर्वेको इन्टरनेट डाउनलोड स्पिड ६२ दशमलब ६६ एमबीपीएस छ ।
त्यस्तै दोश्रो स्थानमा रहेको नेदरल्याण्ड्समा ५३ दशमलब ०१ एमविपिएस डाउनलोड स्पिड छ । तेस्रो स्थानमा आइल्याण्डमा ५२ दशमलब ७८, चौथो सिंगापुरमा ५१ दशमलब ५० र पाँचौ नम्बरमा माल्टा छ । माल्टाको इन्टरनेट डाउनलोड स्पिड ५० दशमलब ४६ एमविपिएस रहेको सो रिपोर्टले देखाएको छ । त्यसैगरी अष्ट्रेलिया, हंगेरी, साउथ कोरिया, युनाइटेड अरब इमिरेट्स र डेनमार्क क्रमश छैटौ देखि १० औं नम्बरमा पर्छने । नेपालभन्दा अगाडी ९८ नम्बरमा हाइटीको ११ दशमलब १९ एमविपिएस छ ।

यता फिक्स ब्रोडब्याण्डमा भने सिंगापुरको १५३ दशमलब ८५ एमबिपिएस छ । ब्रोडब्याण्डमा नेपालको डाउनलोड स्पिड १४ दशमलव ०५ एमबिपिएस छ । जुन भारतको भन्दा कम हो । भारतको ब्रोडब्याण्ड इन्टरनेट डाउनलोड स्पिड १८ दशमलब ८२ एमबिपिएस छ ।

पछिल्लो समय चीनबाट इन्टरनेट ल्याउने चर्चा चले पनि हालसम्म इन्टरनेटमा भारतीय एकाधिकार नै रहदै आएको छ । नेपालमा टेलिकमले भारतका टाटा, एयरटेल, बीएसएनएन, भारत पन्जावलगायासँग २२ जिबी भोल्युमको इन्टरनेट ल्याइरहेको छ । त्यस्तै अन्य इन्टरनेट प्रदायकले पनि भारतबाट नै इन्टरनेट ल्याइरहेको छ । भारतले सिंगापुरबाट इन्टरनेट ल्याएर नेपाललाई दिइरहेको छ ।

नेपालमा हाल १ करोड ६० लाख जनसंख्या इन्टरनेटको पहुँचमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले देखाएको छ । पछिल्लो समय मोवाइल सेवा प्रदायकहरुले इन्टरनेटमा विभिन्न सुविधाहरु थप्दा पनि यसको प्रयोगकर्ता बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL