Logo

एनसेलले सुरु गर्यो अनलाइन रिचार्ज सेवा, डेबिट वा क्रेडिट कार्डबाट रिचार्ज गर्न सकिने

एनसेलले सुरु गर्यो अनलाइन रिचार्ज सेवा, डेबिट वा क्रेडिट कार्डबाट रिचार्ज गर्न सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ । यो सेवा अन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टर कार्ड र युनियन पेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहाँ सुकै र जहाँ भएपनि प्रिपेड मोवाइल रिचार्ज तथा पोस्टपेड मोवाइलको बिल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

अनलाइन रिचार्ज सेवा मंङगलबार बाट सुरु भएको छ । एनसेलका अनुसार, डिजिटल सेवा मार्फत ग्राहक अनुभवलाई थप अभिवृद्घि गर्ने उद्देश्य स्वरुप यो सेवा ल्याइएको बताएको छ ।

एनसेलका ग्राहकले एनसेलको वेबसाइट पेमेन्ट डट एनसेल डट एक्जियटा डट कममा गई डेबिट/क्रेडिट कार्ड रिचार्ज छनोट गरी आवश्यक विवरणहरु (रिचार्ज गर्न लागेको मोवाइल नम्बर, रिचार्ज गर्ने रकम, कार्ड नम्बर र कार्डको पछाडि उल्लेखित तीन वटा सेक्युरिटी कोड) भरेर रिचार्ज सेवाको फाइदा लिन सक्छन् ।

एनसेलका ग्राहकले यो वेबसाइटबाट रिचार्ज कार्ड पिन प्रयोग गरी कुनै पनि एनसेल नम्बरमा ब्यालेन्स रिचार्ज पनि गर्न सक्नेछन् । ग्राहकले एनसेल एपबाट पनि अनलाइन रिचार्ज सेवा लिन सक्ने एनसेलले जनाएको छ ।

नयाँ(नयाँ सेवा तथा प्रविधिहरु अवलम्बन गर्दै ग्राहक सेवा तथा अनुभवलाई थप परिस्कृत गर्ने कार्यमा एनसेल सधै अग्रपंक्तिमा रहने गरेको छ । एनसेलले ग्राहक अनुभवलाई अभिवृद्घि गर्ने उद्देश्य अनुरुप नै अनलाइन च्याट सेवा पनि प्रदान गर्दै आइरहेको छ ।

यसका साथ(साथै विभिन्न सामाजिक सञ्जालहरु जस्तै फेसबुक र ट्विटर मार्फत पनि कम्पनीले ग्राहकका गुनासा तथा जिज्ञासाहरु तदारुकताका साथ समाधान गर्दै आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL