Logo

१३ बर्षमुनिका बालबालिकालाई फेसबुकको च्याट एप

१३ बर्षमुनिका बालबालिकालाई फेसबुकको च्याट एप


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । फेसबुकले १३ बर्षमुनीका बालबालिकालाई लक्षित गर्दै छुट्टै च्याट एप सार्वजनिक गरेको छ । यसमा कन्ट्याकदेखि सम्पूर्ण जानकारी अविभावकको नियन्त्रणमा हुने छ ।

म्यासेन्जर किड्स नामक सो निशुल्क एपले बालबालिकालाई सुरक्षित अनलाईन च्याटको सुविधा प्रदान गर्ने छ । यसमा बालबालिकामैत्री सुविधाहरु समावेश गरिएको छ ।

म्यासेन्जर किड्सट्यावलेट वा स्मार्टफोनबाट चलाउन सकिन्छ । यसमा बालबालिकाको छुट्टै फेसबुक अकाउन्ट हुदैन । आमा बुवाको फेसबुक अकाउन्टबाट छुट्टै च्याट गर्न सक्नेछन् । अविभावकलाई नयाँ साथी थप्ने वा हटाउने अधिकार हुन्छ । यसमा कुनै पनि किसिमको विज्ञापन राखिने छैन ।

लेरेन चेङ फेसबुकका प्रडक्ट म्यानेजमेन्ट डाइरेक्टरका अनुसार आफ्ना हजुरबुवाआमालाई भिडियो च्याट गर्न वा साथी तथा नातेदारसँग कुरा गर्न अथवा विभिन्न कार्टुन चित्र पठाउन बच्चाहरुले सो एक प्रयोग गर्न सक्नेछन् ।

यसमा छुट्टाछुट्टै वा ग्रुप चयाट गर्न सकिने छ । यदी यसबाट सामाजिक कुरिती फैलाउने वा नांगा तस्विरहरु पठाएको पाइएमा व्लक गर्ने फेसबुकले जानकारी दिएको छ ।

हाल यो एक अमेरिकामा मात्र उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL