Logo

प्राधिकरणका अध्यक्ष झाको पहिलो कार्यकाल सकियो, मंगलबार दोश्रो कार्यकालका लागि शपथ

प्राधिकरणका अध्यक्ष झाको पहिलो कार्यकाल सकियो, मंगलबार दोश्रो कार्यकालका लागि शपथ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा पून नियुक्ती पाएका दिगम्बर झाको शपथग्रहण आज हुने भएको छ । सरकारले मंगलबार सपथ खुवाउने तयारी गरेको हो ।

उनको मंसिर १८ गतेदेखि कार्यकाल सकिएको हो । यता मन्त्रिपरिषदले भने कात्तिक २७ गते नै अध्यक्षमा नियुक्त गरिसकेको थियो ।

सपथग्रहण कतिबेला हुने भन्ने बारे पनि निणर्य भइनसकेकोे सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव संगीता ओझाले जानकारी दिइन् । झालाई पून ५ बर्षका लागि नियुक्ती दिइएको हो ।

यसअघि उनले पहिलोपटक २०६९ मंसिर १८ गते प्राधिकरण अध्यक्षको जिम्मेवारीमा काम सुरु गरेका थिए ।

अदालतमा योग्यताको मुद्धा परेपछि करिब दुई बर्ष त्यसै बिताएका झाले सर्वोच्च अदालतले मुद्धा नै खारेज गरिदिएपछि २०७१ मंसिर ११ गतेदेखि अध्यक्षको जिम्मेवारीमा रहेर काम सुरु गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL