Logo

एनसेलले ल्यायो चार नयाँ भ्वाइस प्याक, भ्वाइस सेवा अब अझै सुलभ

एनसेलले ल्यायो चार नयाँ भ्वाइस प्याक, भ्वाइस सेवा अब अझै सुलभ


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । जस अन्तर्गत एनसेलका ग्राहकले अब अझै सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् । नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्ने बताएको छ ।

नयाँ भ्वाइस प्याकहरु यहि बिहीवार देखि ९० दिनको लागि संचालनमा आएको छ । यी नयाँ प्याकहरु अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार दैनिक, साप्ताहिक तथा मासिक प्याकहरु सुचारु गर्न सक्छन् । साथै ग्राहकले अब तीन दिने भ्वाइस प्याक पनि सुचारु गर्न सक्छन् ।

दैनिक भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु १५ मा २० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । साप्ताहिक भ्वाइस प्याकमा कर सहित रु ७० मा १२० मिनेट टक टाइम लिन सक्छन् । त्यसैगरी ग्राहकले रु ३० मा ५० मिनेट टक टाईम रहेको तीन दिने भ्वाइस प्याक खरिद गर्न सक्छन् । नयाँ मासिक भ्वाइस प्याकमा ग्राहकले रु ३०० मा ७०० मिनेट टक टाइम प्राप्त गरी मात्र ४३ पैसा प्रति मिनेटको दरमा भ्वाइस सेवाको मजा लिन सक्छन् ।

दैनिक भ्वाइस प्याकको समयावधि २४ घण्टाको रहेकोछ । त्यस्तै साप्ताहिक भ्वाइस प्याकको समयावधि ७ दिन, तीन दिने प्याकको ३ दिन र मासिक भ्वाइस प्याकको ३० दिन रहेको कम्पनीले जानकारी दिएको छ । प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । विद्यमान शुल्क अनुसार एनसेल नेटवर्क भित्र कल गर्दा कर सहित रु २.५० प्रति मिनेट शुल्क लाग्दछ । भ्वाइस प्याक अन्तर्गतका टक टाइम एनसेल नेटवर्क्भित्र मात्र लागु हुनेछ ।

पहिला नै संचालनमा रहेका भ्वाइस प्याकहरु यथावत रहेको एनसेलले जनाएको छ ।
ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार जति पटक पनि यी प्याकहरु लिन सक्छन् । एनसेलका ग्राहकले युएसएसडी, आइभिआर, एसएमएस, एनसेल एप कुनै पनि माध्यमबाट भ्वाइस प्याक खरिद तथा सुचारु गर्न सक्नेछन् ।

ग्राहकलाई थप सुविधा प्रदान गर्दैै आधारभुत भ्वाइस सेवामा चार नयाँ प्याकहरु ल्याउन पाउँदा हामी निकै हर्षित छौ,’’ एनसेलका कर्पोरेट सर्भिसेज निर्देशक प्रणय आचार्यले भने । “सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्घता अनुरुप यी प्याकहरु ल्याइएको होे ” आचार्यले भने ।

एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी प्राप्त जानकरी अनुसार आफ्नो आवश्यकता बमोजिमको भ्वाइस प्याक सुचारु गरी लाभ लिन सक्छन् । आईभिआर मार्फत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्त जानकारी अनुसार सेवा सुचारु गर्न सकिन्छ ।

त्यस्तै ग्राहकले १७११८ मा आफुले लिन चाहेको प्याकको मुल्य टाइप गरि एसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्छन् । उदाहरणका लागि दैनिक प्याको लागि ग्राहकले १५ लेखि, साप्ताहिक भ्वाइस प्याकको लागि ७० लेखि,मासिक भ्वाइस प्याकको लागि ३०० लेखि र तीन दिने भ्वाइस प्याकको लागि ३० लेखि १७११८ मा एसएमएस गर्न सक्नेछन् ।

एनसेलका ग्राहकले एस्ट्रिक्स् ९०१ ह्यास डायल गरी आफ्नो प्याकमा बाँकि रहेको टक टाइमको बारेमा जानकारी लिन सक्छन् । त्यस्तै ग्राहाले आफ्नो मेसेज बक्समा गई अंग्रेजीमा ‘एस’ लेखि १७११८ मा एसएमएस पठाई आफ्नो प्याकको बाँकि समयावधिको बारेमा जानकारी लिन पनि सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL