Logo

टेलिकमको डाटा अफर माघ २४ सम्मलाई थपियो

टेलिकमको डाटा अफर माघ २४ सम्मलाई थपियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले आफ्नो प्रमोसनल अफरलाई निरन्तरता दिएको छ । टेलिकमले आफ्ना ग्राहकहरुलाई अलिक्ष गर्दै ल्याएको विभिन्न खालका डाटा प्याक अफरलाई माघ २४ गतेसम्मका लागि थप गरेको हो ।

टेलिकमले अल टाईम डाटा प्याक, नाइट डाटा प्याक, फोरजी प्याक, भ्वाइस प्याक, युट्युव प्याकलगायत विभिन्न खालका अफर संचालनमा ल्याएको थियो । उक्त अफरलाई ग्राहकले रुचाएका कारण माघ २४ गतेसम्मका लागि निरन्तरता दिइएको टेकिलमका प्रवक्ता प्रतिभा बैंद्यले बताईन ।

कम्पनीले सो अफर अन्तरगत विभिन्न ११ किसिमका स्किम संचालनमा ल्याएको छ । जसमा न्युनतम १० रुपैयाँको अलटाईम २० एमबी डाटादेखि ३ सय रुपैयाँमा साढे ६ जीवी डाटासम्म रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL