Logo

चिनियाँ इन्टरनेट कात्तिकबाटै नेपालीको पहुँचमा, तोडिँदै भारतीय एकाधिकार

चिनियाँ इन्टरनेट कात्तिकबाटै नेपालीको पहुँचमा, तोडिँदै भारतीय एकाधिकार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालीले यही कात्तिक महिनाबाटै चिनियाँ इन्टरनेट प्रयोग गर्न पाउने भएका छन् । कात्तिक महिनाभित्रै चिनियाँ इन्टरनेटको ‘कर्मसियल लञ्च’ गर्ने गरी तयारी गरिएको टेलिकमकी प्रबन्ध निर्देशक कामीनी राजभण्डारीले जानकारी दिइन् । ‘चीनबाट इन्टरनेट ल्याउनका लागि सबै तयारी पुरा भइसक्यो,’ उनले भनिन्, ‘अव व्यवसायीक रुपमा सार्वजनिक गर्न मात्र बाँकी हो ।’

रसुवागढी र केरुङको बीचमा पहिरो गएपछि विच्छेद भएको फाइबर पुनस्थापित गर्न समय लागेकाकाले संचालमा ल्याउन ढिलाई भएको टेलिकमले बताउँदै आएको थियो । हिउँले पुरिएर चीनतर्फको भागमा अप्टिकल भाँचिएको थियो ।

सोही रुटबाट ब्यान्डवीथ पठाउँदा अवरोध हुने तथा व्यवसायिक रुपले आदान प्रदान गर्न अप्ठेरो पर्ने भएकोले रिस्टोर गरेर मात्र पठाउने भन्दै चाइना टेलिकमले नेपाल टेलिकमलाई जानकारी गराएको थियो ।

हिउँले प्रभाबित क्षेत्रबाट आउने अप्टिकललाई चीनले रि रुट गरेको हो । ३ किलोमिटर अप्टिकल रुटलाई चीनले रिरुट गरेर नेपालमा इन्टरनेट पठाउने तयारी सकिएको उनले जानकारी दिइन् । साथै फाइबरको प्राविधिक परीक्षण समेत भइसकेको राजभण्डारीले बताइन् ।

टेलिकमले धादिङको गल्छीदेखि रसुवासम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ । रसुवाको जिलोङ गेटवे हुँदै चिनियाँ इन्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिने छ । टेलिकम र चाइना टेलिकम ग्लोवलबीच चीन र नेपाललाई स्थलमार्गवाट जोड्ने तथा नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्झौता भएको थियो । हाल नेपालले भारत हुँदै आएको इन्टरनेट प्रयोग गरिरहेको छ ।

चाइना टेलिकमसँगको आयोजना सम्झौतापछि २०७३ जेठमै चीनसँग फाइबर कनेक्टिभिटी कायम गरेको टेलिकमले मंसिरमा त्यसको व्यावसायिक सम्झौता समेत गरिसकेको छ । व्यावसायिक सम्झौता भएको ३ महिनामा ब्यान्डविथ भित्राउने लक्ष्य रहेको भए पनि तिब्बतर्फको अप्टिकल फाइबर संरचनामा क्षति पुग्दा ब्यान्डविथ भित्राउन ढिलाइ भएको हो ।

नेपाल टेलिकम र चाइना टेलिकमबीच गत फागुनबाट व्यवसायिक रुपमा स्थलमार्ग हुँदै आइपी सेवा उपलब्ध गराउने सम्झौता भएको हो । रिरुटका क्रममा ‘हाइ अल्टिच्युट’ मा काम गर्दा एक जना कामदारको मृत्यु भएपछि स्थानीयको अवरोधले काम सुचारु हुन नसकेको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

सोही रुटबाट ब्यान्डवीथ पठाउँदा अवरोध हुने तथा व्यवसायिक रुपले आदान प्रदान गर्न अप्ठेरो पर्ने भएकोले रिस्टोर गरेर मात्र पठाउने भन्दै चाइना टेलिकमले नेपाल टेलिकमलाई जानकारी गराएको थियो । सोही बेला चिनियाँ पक्षले उक्त मार्ग निर्माणको काम सकिने वित्तिकै व्यवसायिक रुपमा इन्टरनेट नेपालमा आउने जानकारी गराएको थियो ।

टेलिकमले धादिङको गल्छीदेखि रसुवासम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ । रसुवाको जिलोङ गेटवे हुँदै चिनियाँ इन्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिने छ । चिनियाँ इन्टरनेट संचालमा आएसँगै भारतसँगको एकधिकार समेत तोडिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL