Logo

प्रविधि पत्रकार मञ्चमा रेग्मी नेतृत्वको नयाँ कार्यसमिति

प्रविधि पत्रकार मञ्चमा रेग्मी नेतृत्वको नयाँ कार्यसमिति


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टिजेएफ) को चौथो बार्षिक साधारण सभाले गोरखापत्र दैनिकका विश्वास रेग्मीलाई अध्यक्षमा चयन गरेको छ ।  टिजेएफको गत भदौमा सम्पन्न साधारण सभाले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो ।

आइतबार एक कार्यक्रम आयोजना गरि औपचारिक घोषणा गरिएको हो ।

त्यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षमा राइजिङ नेपालका चोलाकान्त खनाललाई चयन गरेको छ ।

मञ्चको सचिवमा लिभिङ वीथ आइसिटीका राजन लम्साल, सहसचिवमा बिजखवर डटकमकी रक्षा रेग्मी, कोषाध्यक्षमा नयाँ पत्रिका दैनिकका गोपाल साउद मनोनित भएका छन् ।

त्यसैगरी कार्यसमितिको सदस्यमा हाम्रा कुरा डटकमका माधव चम्लागाँई, र अन्नपूर्ण अनलाइनका सहदेव चौधरी छन् ।

कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष तथा निर्वाचन समितिका रमेश श्रेष्ठ, कृति भुजु र निवर्तमान अध्यक्ष सरस्वती ढकालले मञ्चलाई व्यवसायीकता कायम राखी प्रविधि पत्रकारको सीप विकाशमा लाग्न सुझाव दिएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL