Logo

फोेन र इन्टरनेटमा छुटैछुट, चाडपर्वमा टेलिकम कम्पनीको यस्तो अफर

फोेन र इन्टरनेटमा छुटैछुट, चाडपर्वमा टेलिकम कम्पनीको यस्तो अफर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । टेलिफोन सेवा प्रदायक कम्पनीहरुले चाडबाड विशेष योजना सार्वजनिक गरेका छन् । चाडपर्वमा ग्राहक आकर्षित गर्ने उद्देश्यसहित फोन र इन्टरनेटमा छुट तथा बोनस योजना ल्याएका हुन् । दशैं तथा तिहारमा फोन र इन्टरनेटको प्रयोग बढी हुने भएकोले पनि उपभोक्ताको सुबिधाका लागि योजना ल्याइएको सेवा प्रदायकहरुले जानकारी दिएका छन् ।

यसैक्रममा नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गर्दै रिचार्जमा बोनस, युट्युव डाटा प्याकेज, कम्बो प्याक, भ्वाईस तथा ल्याण्डलाईनमा समेत विशेष छुट योजना ल्याएको छ । जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराएको छ । योजना असोज ५ गतेदेखि १० गतेसम्म लागू हुने र १० रुपैयाँभन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराएको छ ।

कम्पनीले जिएसएम तथा सिडिएमए प्रिपेड र पोष्टपेड मोबाइलमा कम्बो प्याक ल्याएको छ । कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १ दिनका लागि १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मीनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मीनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम भने ३० दिनका लागि उपलब्ध हुनेछ ।

कम्पनीले एडीएसएल र वाईम्याक्समा पनि सेवाअवधि थप गरेको छ भने एसएमएसमा ५० प्रतिशत छुट गरेको छ । दशैंको अफरमा फोरजी सिम समेत निःशुल्क परिवर्तन गर्न सकिने कम्पनीले जानकारी दिएको छ । यसैगरी ल्याण्डलाईन फोनमा पनि थप १ सय कल बोनस दिएको छ ।

त्यस्तै एनसेलले दु्रतगतिको इन्टरनेट सेवा अझ सुलभदरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा खरिद गरेको भोल्युमको प्याक बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । उक्त डेटाको कर सहित प्रति एमबि न्युनतम २ पैसा मात्र पर्नेछ । नयाँ डेटा प्याक कुनै पनि बेला प्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राती ११ बजे देखि बिहान ५ बजेसम्मको समयमा प्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् ।

ग्राहकले अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबि देखि १० हजार एमबि सम्मका डेटा प्याकहरु १० रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्मको प्याक खरिद गर्न सक्ने छन् । अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले १० रुपैयाँदेखि ७ं० रुपैयाँसम्मको न्युततम ३० देखि २५० एमबि डोटा लिन लिक्नेछन् । जसमा उक्त डेटा बराबरकै फोरजी डेटा बोनस आउनेछ । नाइट भोल्युम प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युमको मजा लिन सक्नेछन् ।

यसका साथै नाइट प्याक सुचारु गर्ने ग्राहकले सोही डेटा भोल्युम बाहेक त्यति नै भोल्युमको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।
योजना बुधबार देखि ९० दिनको लागि लागु हुनेछ । फोरजी बोनस ३० दिनका लागि मान्य हुनेछ । उक्त सेवा लिन एस्ट्रिस्क१७१२३ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

अल टाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याक भोल्युम टाइप गरि १७१२३ मा एसएमएस पठाउनु पर्नेछ । त्यस्तै नाइट टाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याक भोल्युम र अंग्रेजीमा ठूलो ‘एन’ टाइप गरी १७१२३ मा एसएमएस पठाई यो डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL