Logo

ओप्पो ‘ए ७१’ सार्वजनिक हुँदै, यस्ता छन् नयाँ विशेषता

ओप्पो ‘ए ७१’ सार्वजनिक हुँदै, यस्ता छन् नयाँ विशेषता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाईल निर्माता कम्पनी ओप्पोले अत्याधुनिक सेल्फी प्रविधि तथा आकर्षक डिजाइन सुसज्जित नयाँ फोन सार्वजनिक गर्ने घोषणा गरेको छ । ओप्पोले नेपाली उपभोक्ताको माग र आवश्यकतालाई दृष्टिगत गर्दै नयाँ क्यामेरा फोन ओप्पो ए७१ सार्वजनिक गर्ने घोषणा गरेको हो ।

सार्वजनिक गर्ने तयारीमा रहेको ए७१मा ओक्टा–कोर सीपीयू, ३ जीबी र्याम र ३ हजार एमएएच ब्याट्रि रहेको कम्पनीले जानकारी दिएको छ । ओक्टा कोर प्रोशेसर सुसज्जित ए७१ले प्रयोगकर्तालाई सहज फोन परिचालनको अनुभुति प्रदान गर्नुका साथै यसको फ्रण्ट क्यामेरामा ओप्पोको विशेष ब्यूटिफाई ४.० फोटोग्राफी प्रविधिपनि उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार ए७१मा स्लिम मेटालिक यूनी बडी डिजाइनको प्रयोग गरिएको छ । यसले फोनलाई पृथक र आकर्षक देखाउनुका साथै प्रिमियम लुक्स पनि प्रदान गरेको छ । कम्पनीले नयाँ फोन सेप्टेम्बर १८मा सार्वजनिक गर्ने र देशभरका बिक्री केन्द्रमार्फत फोन उपलब्ध हुने जानकारी दिएको छ ।

नेपाली उपभोक्ताका लागि अत्याधुनिक सेल्फी प्रविधि र आकर्षक डिजाइन सहितको नयाँ फोन ए७१ सार्वजनिक गर्न लागेको ओप्पोको नेपालका लागि प्रमुख कार्यकारी अधिकृत जोनी जीले बताए । ओप्पो ए७१ले प्रयोगकर्तालाई मल्टिटास्किङका साथै आवश्यकता अनुसार तिब्रताका साथ एप्स विच स्विच गर्नमा समेत सहज अनुभुति प्रदान गर्नेछ । यसले गर्दा तस्विर खिच्न, भिडियो हेर्न तथा गेम्स खेल्ने लगायत कार्य झञ्झट रहित बनाउन सहयोग पुग्ने कम्पनीले जानकारी दियो ।

ओप्पोको नयाँ फोनले आफ्ना पुराना मोडलले झैँ मोबाइल फोटोग्राफी क्षेत्रकै गेम चेन्जरका रुपमा रहँदै आएको ‘सेल्फी’ तथा ‘गु्रपफी’ प्रविधिलाई थप अगाडी बढाउँदै उपभोक्तालाई पृथक फोटोग्राफिङ अरिथमेटिक मार्फत विस्तृत तथा प्राकृतिक सेल्फी लिन सघाउने कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL