Logo

एप्पलको एकैपटक ३ नयाँ मोडल सार्वजनिक, आइफोन ८ र टेनमा यस्ता छन् सुविधा

एप्पलको एकैपटक ३ नयाँ मोडल सार्वजनिक, आइफोन ८ र टेनमा यस्ता छन् सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पहिलो पटक आइफोन भित्र्याएको १० बर्षपछी एप्पलले नयाँ ३ मोडल सार्वजनिक गरेको छ । एप्पलले गत राती क्यालिफोर्नियाको स्टिभ जब्स थियटरमा आयोजित एक कार्यक्रमबीच आइफोनका ३ नयाँ मोडल सार्वजनिक गरेको हो ।

जसमध्ये आइफोन एक्स एप्पलको हालसम्मकै महंगो फोन आइफोन एक्स (टेन) एक हो । पहिलो आइफोन सार्वजनिक भएको १० वर्षपछि सार्वजनिक गरिएको हुनाले नयाँ मोडलको आइफोनलाई आइफोन १० भनिएको हो । ५दशमलब ८ इन्चको सुपर रेटिना डिस्प्ले भएको यो फोनमा अहिलेसम्मकै उत्कृष्ट पिक्चर डेन्सीटी रहेको छ ।

त्यस्तै यसमा अनुहार चिन्ने प्रविधि फेस आइडी छ । आइफोनको डिस्प्लेमा अनुहार देखाएर ‘लक तथा अनलक’ गर्न सक्छ । यसले पासवर्डको पनि काम गर्छ । त्यस्तै चस्मा वा ह्याट लगाएको अवस्थामा पनि अनुहार ‘रिड’ गर्छ ।

यो फोनको अर्को विशेषता भनेको होम बटन नहुनु हो । होम बटनको विकल्पमा डेफ्थ सेन्सर भएको फ्रन्ट क्यामेरालाई अगाडी सारिएको छ ।
वायरलेस चार्जिङको सुविधा भएको यसमा १२ मेगापिक्सलका २ ओटा क्यामरा छन् । आइफोन १० मा ६४ जीवी र २५६ जीवी गरी २ स्टोरेज क्षमतामा उपलब्ध छ । यो स्पेश ग्रे र सिल्भर कलरमा उपलब्ध छ । यसको मूल्य ९ सय ९९ अमेरिकी डलरबाट शुरु हुन्छ । अक्टोबर १० बाट प्रि बुकिङ खुल्ने यो फोनको नियमित विक्री नोभेम्बर ३ बाट गरिने छ ।

त्यस्तै मंगलबार राती नै सार्वजनिक गरिएको आइफोन ८ यही महिनाको अन्तसम्म उपभोक्ताको हातमा पर्र्ने कम्पनीले जानकारी दिएको छ ।आइफोन ८ र ८ प्लस पछिल्ला आइफोनहरु ७ र ७ प्लसका अपडेटेड संस्करणका रुपमा रहेका छन् । ८ को डिस्प्ले ४।७ इञ्च र ८ प्लसको साढे ५ इञ्च रहेको छ।

 

यसका स्पिकरहरु आइफोन सेभेनको भन्दा २५ प्रतिशत ठूलो आवाज निकाल्न सक्ने कमपनीको दाबी छ । ८मा १२ एमपीका क्यामेरा छन्। ८ प्लसमा १२ एमपीका दुई वटा क्यामेरा छन्।

८ प्लसमा पोट्रेट लाइटिङको नयाँ सुविधा थपिएको छ। पोट्रेट अप्सन छानेर त्यसमा स्टेज लाइटको विकल्प रोजेमा पछाडिका सबै दृश्यलाई कालो बनाएर टाउको र अनुहारमात्र देखिने गरी स्टुडियोमा फोटो खिचेको झैँ देखिन्छ। ८ र ८ प्लस दुवैमा वायरलेस चार्जिङको सुविधा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL