Logo

बुवाको मुख हेर्ने दिन र तीजमा टेलिकमको उपहार, ६० रुपैयाँमा ५ सयएमबी डाटा

बुवाको मुख हेर्ने दिन र तीजमा टेलिकमको उपहार, ६० रुपैयाँमा ५ सयएमबी डाटा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुवाको मुख हेर्ने दिन र तीजमा टेलिकमले विशेष उपहार प्रदान गर्ने भएको छ । टेलिकमले सो अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने भएको हो । अफर अन्तर्गत जीएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।

युट्युब डाटा प्याकेज अन्तर्गत १ सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ ।

डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुनेछ । प्याक १५० अन्तर्गत १५० रुपैयाँमा ६०० एमबी र प्याक २५० अन्तर्गत २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ । यी प्याक अन्तर्गतको स्किमबाट कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट समेत उपलब्ध हने कम्पनीका प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधिसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधिसम्म नै २० प्रतिशत छुट प्राप्त हुनेछ ।

युट्युब डाटा प्याकेज लिनका लागि वाईटी १ जिबी वा वाइटि५००एमबी लेखेर १४१५ मा पठाउनु पर्छ । त्यसैगरी डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज लिनका लागि प्याकेज१५० वा प्याकेज२५० लेखेर १४१५ मा पठाउनुपर्ने छ ।

यी सबै अफर आगामी भदौ ५ देखि भदौ १९ सम्म खरिद गर्न सकिने छ । त्यसैगरी यी सबै सुविधाको उपभोग जुनसुकै समयमा पनि गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL