Logo

एनसेलद्वारा १ करोड ६६ लाखको एसएमएस निःशुल्क, ९७ प्रतिशत बिटिएस टावर संचालनमा

एनसेलद्वारा १ करोड ६६ लाखको एसएमएस निःशुल्क, ९७ प्रतिशत बिटिएस टावर संचालनमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले बाढीपहिरो प्रभावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई १ करोड ६६ लाख रुपैयाँभन्दा बढीको एसएमएस सेवा निःशुल्क प्रदान गरेको छ । एनसेलले आफ्ना ग्राहकलाई सञ्चार सेवा सुनिश्चित गर्न मंगलबारसम्म निःशुल्क एसएमएस सेवा प्रदान गरेको थियो । जस अन्तरगत सेवाग्राहीले सो बराबरको एसएमएस गरेका एनसेलले जानकारी दिएको छ ।

कम्पनीले विपद्को बेलामा आफ्ना ग्राहकलाई आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहतकार्यमा सहयोग गर्नका लागि आइतबारबाट ३ दिनसम्म निःशुल्क एसएमएस सेवा प्रदान गरेको थियो । जसमा एउटा ग्राहकलाई प्रतिदिन ५० वटा एसएमएस निःशुल्क उपलब्ध गराइएको थियो । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशनअनुसार एनसेलले बाढीपहिरो प्रभावित २३ जिल्लाका ग्राहकलाई निःशुल्क एसएमएस सेवाप्रदान गरेको थियो ।

बाढीपहिरो प्रभावित क्षेत्रलाई लक्षित गरी प्रत्येक दिन प्रदान गरिएको निःशुल्क एसएमएस सेवा, थप सापटीको सुविधा, निःशुल्क ब्यालेन्स ट्रान्सफर सुविधा र आपतकालिन सम्पर्क नम्बरले विपद्को क्षणमा आफ्ना ग्राहकलाई आफन्तसँग सम्पर्कमा रहन र उद्धार कार्यमा समेत सहयोग पुर्याएको एनसेलका कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले बताए । साथै प्रभावित क्षेत्रमा पानीको सतह घट्दै गर्दा कम्पनीले थप टावरहरु संचालनमा ल्याएको समेत जानकारी दिए । ‘केहि स्थानमा विद्युत आपूर्ती नरहेको र डिजेल जेनेरेटर संचालन गर्दा जोखिम हुने देखिएकाले समस्या आएको थियो,’ उनले भने, ‘अहिले एनसेलका ९७ प्रतिशत बिटिएस टावर संचालनमा रहेका छन् ।’

एनसेलले वर्षा र नदीमा पानीको सहतको आधारमा बाढीपहिरोको जोखिमका बारेमा पश्चिम राप्ती, नारायणी, कन्काई, कोशी, बागमती, कर्णाली, बबई, कमलालगायत नदीको तल्लो तटिय क्षेत्रमा बसोवास गरिरहेका परिवारलाई एसएमएस मार्फत पूर्वानुमान तथा पूर्व सूचना समेत पठाउँदै आएको छ । उक्त सुचना आदनप्रदान गर्न एनसेलले गतबर्ष जल तथा मौसम विभागसँग समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL