Logo

बाढी प्रभावित क्षेत्रमा एनसेलको आपतकालिन सञ्चार सुविधा, सापटी रकममा पनि बृद्धि

बाढी प्रभावित क्षेत्रमा एनसेलको आपतकालिन सञ्चार सुविधा, सापटी रकममा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेल प्रालिले सापटी सेवाको रकममा वृद्घि गरेको छ । बाढी प्रभावित क्षेत्रमा आफ्ना ग्राहकलाई सम्पर्कमा रहन सहयोग पुर्याउने  उद्देश्यसहित सापटी सेवाको रकम बढाएको हो ।

साथै ब्यालेन्स ट्रान्सफर सुविधा पनि निःशुल्क बनाएको जानकारी एनसेलले दिएको छ । एनसेलको सापटी सेवा अन्र्तगत प्रिपेड ग्राहकले ४० प्राप्त गर्दै आएकोमा मंगलबारसम्मका लागि रु ६० प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकले विद्यमान सेवा शुल्क २.५१ रुपैयाँमा नै थप सापटी रकमको सुविधा लिन सक्छन् । प्राप्त सापटी रकमबाट ग्राहकले कुनै पनि नेटवर्कमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि सेवा प्रयोग गर्न सक्छन् ।

यसका साथै एनसेलले अन्य बेलामा सेवा शुल्क रु १.२५ लाग्दै आएको ब्यालेन्स ट्रान्सफर सुविधालाई पनि निःशुल्क बनाएको छ । यो सुविधा पनि मंगलबारसम्म जारी रहने छ ।

कम्पनीले ग्राहकलाई आकस्मिक सूचना सम्बन्धित ठाँउमा पु¥याउन मद्दत गर्नका लागि निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ पनि संचालनमा ल्याएको छ ।
यस अन्र्तगत प्रभावित क्षेत्रका एनसेल ग्राहकले ९००८ मा तथा अन्य नेटवर्कका ग्राहकहरुले ९८०९००८००० मा डायल गरी कम्पनीको कल सेन्टरमा रहेका प्रतिनिधी मार्फत आफ्ना सूचना आफ्ना प्रियजनमा पु¥याउन सक्छन् ।

‘बाढी तथा पहिरोले देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति हामी दुःखी छौं,’ एनसेलका कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने, ‘यस विपतको समयमा ग्राहकलाई सम्पर्कमा रहन सहज बनाउने तथा उद्दार र राहत कार्यमा योगदान पुर्याउने विश्वास छ ।’

उनले एनसेलको नेटवर्क निरन्तर संचालनमा रहेको र अति प्रभावित क्षेत्रमा पनि ९० प्रतिशत भन्दा बढी बिटिएस टावर मार्फत सेवा प्रदान गरिरहेको जानकारी दिए ।
साथै स्थानमा विद्युत आपूर्ती नरहेको र डिजेल जेनेरेटर संचालन गर्दा जोखिम हुने देखिएको त्यस्ता ठाउँमा जेनेरेटर संचालनमा ल्याउन पानीको सतह कम होस् भनी प्रतिक्षा गरिरहेको समेत बताए ।

सापटी सेवाका लागि एनसेलका प्रिपेड ग्राहकले एस्ट्रिक्स ९९८८ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सापटी लिन सक्नेछन् । त्यसैगरी ९९८८ नम्बरमा खाली एसएमएस पठाएर पनि सापटी लिन सक्नेछन् । सापटी स्वरुप प्राप्त रकम रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट सेवा शुल्क सहित घटाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL