Logo

नयाँ फिचरहरु सहित ग्यालेक्सी ‘जेसेभेन म्याक्स’ बजारमा, फ्ल्यास सहित १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा

नयाँ फिचरहरु सहित ग्यालेक्सी ‘जेसेभेन म्याक्स’ बजारमा, फ्ल्यास सहित १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले हालै सामसुङ ग्यालेक्सी जेसेभेन म्याक्स मोबाइल नेपाली बजारमा भित्र्याएको छ । सामसुङ नेपालमा सर्वाधिक रुचाइएको स्मार्ट फोन जे सिरिज अब उत्कृष्ट विशेषता सहित जेसेभेन म्याक्सका रुपमा प्रस्तुत गरिएको छ । यसमा नवीनतम विशेषताहरु जस्तै फिङ्गर प्रिन्ट सेन्सर र फेस रिकग्निसन, उच्च कार्यक्षमताका लागि ४ जिबी ¥याम तथा ३२ जिबी मेमोरि तथा अन्य उत्कृष्ट विशेषता रहेका छन् ।

आइ एम बिज, सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले मध्यमस्तरका मोबाइलहरुको माग दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै यो जेसेभेन म्याक्स बजारमा ल्याएको जानकारी दिए । मोबाइलमा भएका अद्वितीय विशेषता सुरक्षा, उत्कृष्ट कार्य क्षमताको लागि ४ जिबी ¥याम तथा ३२ जिबी रोम मेमोरि तथा एस बाइक मुड, एस सेक्युर, एस पावर प्लानिङलगायत सुबिधा छन् ।

यो फोनमा १३ मेगापिक्सलको फ्रन्ट र फ्लयास क्यामरा छ । जसमा एफवान ९ को लेन्स लगाइएको छ । ब्याक क्यामरामा एफवान ७ लेन्सका साथै फ्ल्यास पनि रहेको छ । यस्तो विशेष सुविधा यस अघि सामसुङका अग्रणी मोबाइलहरुमा मात्र उपलब्ध रहदै आएका थियो । यसमा प्रयोग भएको लेन्सले कम उज्यालो भएको अवस्थामा पनि उत्कृष्ट फोटो तथा सेल्फी खिच्न सक्दछ ।

ग्यालेक्सी जेसेभेन म्याक्समा भएको १ दशमलब ६ गिगाहर्ज अक्टा कोर प्रोसेसर, ४ जिबी र्याम मल्टी टास्किङको सुविधा प्रदान गर्दछ ।
जेसेभेन म्याक्समा एफएचडी स्क्रिन रहेको छ । यसले गेमहरु खेल्दा र मुभिहरु हेर्दा सहजता प्रदान गर्दछ । यसमा भएको टचमा आधारित फिङ्गर प्रिन्ट सेन्सर, वेभसाइटमा एकाउन्ट भेरिफाइ सुविधा, तथा फेस रिकग्निसन जस्ता प्रमाणिकरण सुरक्षा रहेका छन् ।

यसमा भएको अद्वितीय विशेषता जस्तैः स्मार्ट ग्लो जसले कलरफुल नोटिफिकेशन दिन्छ । जेसेभेन म्याक्स मोबाइलमा भएको डुअल मेसेन्जर फिचरले म्यासेजिङको लागि थप सहजता प्रदान गर्दछ । यो सुविधाले गर्दा मोबाइलमा दुई कपि एप्स इन्स्टल गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै यसमा भएको इन्स्टा स्विचिङ सुविधाले एप्स र होम स्क्रिनमा भर्टिकल स्वीप गरी सहजै स्वीच गर्न सकिन्छ । जेसेभन म्याक्सको हालको अफर अन्तर्गत जेसेभेन म्याक्स सेट मात्र रु २८ हजार २ सय ९० मा खरिद गर्न सकिन्छ । कालो र सुनौलो रंगमा उपलब्ध ग्यालेक्सी जेसेभेन म्याक्स मोबाइल अगष्ट १ देखि रिटेल स्टोरमार्फत् उपलब्ध गराएको हो ।

नेपाल टेलिकम डाटा ग्राहकहरुका लागि थप सुविधा प्रदान गर्न जेसेभेन म्याक्सले नेपाल टेलिकमसँग सहकार्य गरी ग्राहकहरुलाई ७ महिनासम्म प्रतिमहिना १ जिबीका दरले निःशुल्क डाटा तथा निःशुल्क सिमकार्ड प्रदान गरेको छ । निःशुल्क सिमकार्ड सामसुङ ब्राण्ड सपहरुबाट मात्र प्राप्त गर्न सकिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL